पाकिस्तानविरुद्ध नेपालको फिल्डिङ: live
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १५:२८:४७
१२ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गरेको छ । टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।
प्रतियोगितामा सुरुआती खेल भएकाले आफूहरुले ब्याटिङ गर्न खोजेको आजमले बताए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पछिल्लो र्याङ्किङमा पाकिस्तान विश्व नम्बर एक टोली हो भने नेपाल १५ औं स्थानमा छ ।
पाकिस्तानले अघिल्लो दिन नै आफ्नो प्लेयिङ ११ को घोषणा गरेको थियो । पाकिस्तानको पूर्ण टोली रहेको छ । बाबर आजमको कप्तानीमा रहने पाकिस्तानी टोलीमा इमाम उल हक, फखर जमान, मोहम्मद रिजवान, सलमान अली अगा, इफ्तिखार अहमद, नसिम शाह, सहिद शाह अफ्रिदी र हरिस राउत रहेका छन् ।
श्रीलंकामा अफगानिस्तानविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा खेलेको टोलीबाट पाकिस्तानले नसिम शाह, हरिस राउत, साउद शकिल, मोहम्मद वासिम जुनियर र फहिम असरफलाई बाहिर राखेको छ ।
नेपालबाट कप्तान रोहित पौडेल आफैं तेस्रो नम्बरमा ब्याटिङ गर्नेछन् । भिम सार्कीलाई टोली बाहिर राखिएको छ । रोहितले यसअघि चौथो नम्बरमा ब्याटिङ गर्दै आएका थिए ।
नेपाली टोलीमा रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।
एसिया कप क्रिकेटमा नेपालको यो पहिलो खेल हो । अप्रिलमा काठमाडौंमा भएका एसीसी प्रिमियर कप जितेर नेपाल पहिलो पटक एसिया कपका लागि छनोट भएको थियो । समूह ‘ए’ मा रहेको नेपालले सोमबार श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार