सिन्धु मल्ललाई पनि अष्ट्रेलियाले दिएन भिसा
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १७:११:४६
१३ भदौ, काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीज कार्यक्रमका लागि त्यहाँ जान उनलाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको सिन्धुले फेसबुकमार्फत जानकारी दिएकी छन् ।
भिसा नदिएका कारण आफ्नो सबै कार्यक्रम रद्द भएको जनाएकी छन् । उनले कुनै कलाकारले गरेका गलत काममा असर सच्चा कलाकारलाई परेको बताएकी छन् । कार्यक्रममा सहभागी हुन नसकेका उनले दर्शकसँग क्षमा समेत मागेकी छन् ।
‘कोहि पनि कलाकारले मानव तस्करि गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्य नगर्नु होला । यसको असर अन्य सच्चा कलाकारहरुलाई पर्दो रहेछ’ उनले लेखेकी छन् ।
गत हप्ता मात्र गायिका समीक्षा अधिकारी अष्ट्रेलियामा सांगीतिक प्रस्तुतिका लागि जान भिसा निवेदन दिँदा अष्ट्रेलियन एम्बेसीले अनुमति दिएको थिएन । त्यसमा समीक्षाले यसअघि जाँदा १८ वर्षभन्दा कम रहेको जनाउँदै केयर टेकेर रुपमा लिएर गएकी व्यक्तिलाई सँगै नेपाल फिर्ता नल्याएको कारण जनाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार