कोशी सरकारविरुद्धको रिटकाे पेसी संयुक्त इजलासमा
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार ११:१३:३१
१५ भदौ, काठमाडौं । कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाई आज संयुक्त इजलासमा हुने भएको छ । रिटको सुनुवाइ पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ ।
कोशी प्रदेश सरकारको गठन संविधान विपरीत भएको भन्दै एमाले नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्कीले यही भदौ ६ मा सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
चार दलको समर्थनमा कांग्रेसबाट मुख्य मन्त्री बनेका उद्वव थापाले भदौ ४ मा प्रदेशसभाबाट विश्वासको मत लिँदा सभा संचालन गरिरहेका सभाअध्यक्ष इस्राइल मन्सुरीको मतसमेत गणना गरिएपछि सरकार असंवैधानिक तवरले गठन भएको भन्दै बदरका लागि रिट दायर गरिएकाे थियाे ।
यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलास उक्त रिटमा भदौ ७ मा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिएको थियो । उक्त अन्तरिम आदेश रिटको अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
संसद भवन अगाडि नेविसंघकाे प्रदर्शन, एक दर्जन प्रदर्शनकारी पक्राउ
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार