साकेलामा जनश्रमदान अभियान सञ्चालन गर्ने
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १५:२०:३
१७ भदौ, खोटाङ । खोटाङको साकेला गाउँपालिकाले विकास निर्माणका काममा जनश्रमदान अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका सबै ग्रामीण सडक बाह्रै महिना सञ्चालनमा ल्याउन तथा गोरेटोबाटो, पुलपुलेसा र सार्वजनिकस्थल मर्मतका लागि उक्त अभियान सञ्चालन गर्न लागिएको हो ।
वर्षात्का कारण बिग्रिएर क्षतिग्रस्त बनेका ग्रामीण सडक, गोरेटो बाटो, पुलपुलेसा तथा सार्वजनिकस्थल नियमित मर्मत गर्नका लागि गाउँ कार्यपालिकाको बैठकबाट निर्णय पारित गरिएको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए । “सबै कामका लागि गाउँपालिकाले बजेट दिनसक्ने अवस्था छैन ।
आफ्नो ठाउँको विकासका लागि हामी आफैँ लाग्नुपर्ने अवस्था सिर्जना भएको छ”, उनले भने, “ग्रामीण सडक बाह्रै महिना सञ्चालनमा ल्याउन तथा सार्वजनिकस्थल मर्मत गर्न प्रत्येक वडामा कम्तीमा महिनामा दुई दिन अनिवार्य जनश्रमदान अभियान सञ्चालन गर्ने गरी निर्णय गरेका छौँ ।”
गाउँपालिकाको पाँचवटै वडाले नेतृत्व गर्नेगरी अनिवार्य रुपमा जनश्रमदान अभियान सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ । वडा नं ३ वडा कार्यालय खिदिमाले यसअघिदेखि नै महिनाको दुई पटक श्रमदान अभियान सञ्चालन गर्दै आएको छ । वडा कार्यालयले सञ्चालन गर्दै आएको श्रमदान अभियान प्रभावकारी भएको उनको भनाइ छ । श्रमदान अभियानबाट राज्यको खर्च जोगिने खिदिमाका वडाध्यक्ष गोविन्द तामाङ बताउँछन् ।
दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ग्रामीण सडक तथा गोरेटो बाटो, सार्वजनिकस्थल, पुलपुलेसालगायतका ठाउँ मर्मतका लागि यसअघिबाटै जनश्रमदान अभियान सञ्चालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार