प्रश्न सोध्ने माननीयले न्यायाधीश भागबण्डामा नियुक्त हुन्छ भनेर गलत सूचना पाउनु भएछः कानुनमन्त्री गुरुङ
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १६:७:५४
१८ भदौ, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले न्यायाधीश राजनीतिक भागबन्डामा नियुक्त हुने कुरा गलत भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले हरेक तहका न्यायालयमा ऐन कानुनले तोकेबमेजिम, विधि र प्रक्रियाअनुसार न्यायाधीश नियुक्त हुने बताए ।
सांसद प्रेम सुवालले सोधको प्रश्नमा उनले न्यायालय जस्तो नागरिकलाई निष्पक्ष न्याय दिने थलोमा राजनीतिक भागबन्डा नचल्ने दाबी गरे । उनले नियुक्तिमा आर्थिक लेनदेन हुने गरेको भन्ने भनाइको पनि खण्डन गरे । प्रेम सुवालले सोधेको प्रश्नको जवाफमा मन्त्री गुरुङले भने, ‘माननीयले न्यायाधीश भागबन्डामा नियुक्त हुन्छ भनेर गलत सूचना पाउनुभएको रहेछ, अब त्यो रहेन ।’
सांसद दिलेन्द्र बडू लगायत सांसदहरुको जवाफमा मन्त्री गुरुङले सरकारले ऐन कानुनभन्दा बाहिर गएर कुनै काम नगरेको र भविष्यमा पनि नगर्ने स्पष्ट पारे । नागरिकका हितका लागि सरकारले बेलाबेला कानुन संशोधन गर्न विधेयक ल्याउने काम नियमित रुपमा चल्ने विषय भएको उनको भनाइ थियो ।
कानून मन्त्री गुरुङले अब न्यायाधीशको नियुक्त विधि र प्रक्रिया अनुसार हुने बताए । उनले न्यायाधीश नियुक्ति गर्दा कुनै राजनीतिक भागबण्डा नहुने बताए । मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबण्डा नहुने बताए । उनले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी समेत गरे ।
सर्वोच्च अदालत आफैंले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरू गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानुन र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार