समीक्षाको ‘भन्छन् स्वामीले’ सार्वजनिक [ भिडियोसहित ]
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार १५:५३:२१
२० भदौ, काठमाडौं। हिन्दु नारीहरूको पवित्र पर्व हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरूले यससँग सम्बन्धित गीति सामाग्रीहरु सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ । यसै क्रममा गायिका समीक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो पुस्तामाझ चर्चामा रहेका गायक तथा संगीतकार ताराबीर पाण्डेको संगीत रहेको उक्त गीतमा गणेश सुबेदीको शब्द रहेको छ भने राजिव शाहले एरेञ्ज तथा मिक्सिङ र मास्टरिङ गरेका छन् ।
भिडियोमा भने मोनिका बुढाथोकी र सबिन घिमिरेले श्रीमान–श्रीमतीको रुपमा अभिनय गरेका छन् । मोनिकाको नृत्य तथा सबिनको अभिनय मौलिक रहेको छ । निर्देशक तथा कोरियोग्राफर सुरेश पाण्डेले भिडियोलाई पारिवारिक र सभ्य बनाएका छन् । बन्दे प्रसादको सम्पादन रहेको भिडियोको कलर ग्रेडिङ भने राजेन्द्र मोक्तानले गरेका छन् ।
प्रायजसो तीजका गीतहरु काठमाडौंको कुनै पार्टी प्यालेस वा कुनै मन्दिरको प्रांगणमा छायाँकन गरेर सकिने परम्परालाई छोडेर यो गीतको भिडियो भने इलामको चपेटी, झापाको सुरुंगास्थित धनुषकोटी र दोमुखाका रमणीय स्थलहरूमा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
प्रतिपक्षको अवरोधकाबीच सभामुखले बैठक चलाएपछि संसदमा हंगामा
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधि सभा बैठक तनावग्रस्त, सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल
जेठ ३, २०८१ बिहिबार
बागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध
जेठ ३, २०८१ बिहिबार
एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत
जेठ ३, २०८१ बिहिबार