डा. बिमललाई बीपी साहित्य तथा न्यौपानेलाई बीपी प्रजातन्त्र सेनानी सम्मान
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १७:०:३
२२ भदौ, काठमाडौं । बीपी साहित्य सम्मानबाट जनकपुरका डा. राजेन्द्र बिमल सम्मानित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बीपी कोइरालाको एक सय १० औँ जन्मजयन्तीका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको कार्यक्रममा डा बिमललाई सम्मानपत्रसहित पुरस्कृत गरेको हो ।
जननायक बीपी कोइराला स्मृति ट्रस्टले बर्सेनि उक्त पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ । यस्तै ट्रस्टले प्रदान गर्ने बीपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपाने पुरस्कृत भए । सो पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।
दुवै जनालाई पुरस्कार प्रदान गर्दै राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवं निर्वासनसहितको लामो सङ्घर्षपूर्ण जीवनयात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा रहेको चर्चा गरे । विश्वमा उत्कृष्ट मानिएको उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरणमा आधारित लोकतान्त्रिक सिद्धान्तप्रति बीपीको विचार ‘सबै नेपालीको आधारभूत आवश्यकता र सबै नेपाली परिवारको मध्यमवर्गीय हैसियत’ भन्ने उनको धारणा समानताको सिद्धान्तलाई मूर्तरूप दिने व्यावहारिक र ठोस दृष्टिकोण भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अहिले पनि सो दृष्टिकोण उत्तिकै सान्दर्भिक रहेको छ भने ।
“बीपीले देखाउनुभएको आदर्शमा हामी हिँड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुन्छ”, उनले भने । राष्ट्रपति पौडेलले स्वतन्त्रतालाई नागरिकको अविच्छिन्न अधिकारका रुपमा स्थापित गरेर लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने बीपीको मान्यता रहेको उल्लेख गरे ।
“राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थिति सापेक्ष बनाउँदै त्यसैलाई अनुकरण गरेर आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौँ”, राष्ट्रपति पौडेलले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुक सामु देखापर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न बीपीले अघि सार्नुभएको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छ ।”
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको अहिलेको संविधान बीपी विचारकै सार भएको राष्ट्रपति पौडेलले धारणा व्यक्त गरे । अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्यमान्यता बीपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको उनले बताए । बीपीको विचारलाई अन्यथा व्याख्या नगर्नसमेत राष्ट्रपति पौडेलले आग्रह गरे।
“बीपी राजनीति र साहित्यका एक अनुपम पुञ्ज हुनुहुन्थ्यो, राजनीतिको कुनै प्रभाव साहित्यमा पर्न नदिइकन आफू दुवै क्षेत्रमा उत्तिकै अब्बल देखिन सक्ने बीपीको यस्तो गुण विश्वका विरलै व्यक्तिमा पाइन्छ”, राष्ट्रपति पौडेलले भने, “त्यस्तो व्यक्तित्व पाउनु नेपालीका लागि गर्वको विषय हो ।”
राष्ट्रपति पौडेलले नेपालको राजनीतिमा सदैव उच्च स्थानमा रहने बीपीमा रहेको साहित्यिक प्रतिभाले समेत उनको बहु आयामिक व्यक्तित्वलाई प्रस्ट्याएको बताए ।
कार्यक्रममा ट्रस्टका सदस्य एवम् प्रतिनिधिसभा सदस्य डा. शशाङ्क कोइरालाले धन्यवाद ज्ञापन गर्दै बीपीको लोकतन्त्रप्रतिको निष्ठा, विचार र दर्शनलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले विपीको समग्र व्यक्तित्वको अध्ययन अनुसन्धानका लागि ट्रस्टले आफ्नै भवन निर्माण गरी अनुसन्धान केन्द्र बनाउन लागेको जानकारी गराए ।
सम्मानित व्यक्तित्व डा. बिमलले विपी सदैव स्वतन्त्रता र समानताका पक्षधर हुनुहुन्थ्यो भन्दै लोकतान्त्रिक समाजवाद नै विपीको राजनीतिको चेतनाको प्राण भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, सांसदहरु तथा विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिहरुको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार