गोदावरीमा जेट्शन डोना लामाको कन्सर्ट
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १६:५६:३५
२४ भदौ, काठमाडौं । भारतीय गायन रियालिटी शो ‘जीटीभी–सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्शन डोना लामाले आगामी असोज ६ गते ललितपुरको गोदावरी सनराइज कन्फ्रेन्स हलमा कन्सर्ट गर्ने भएकी छन् ।
साधना कला केन्द्रले आयोजना गर्न लागेको ‘जेट्शन डोना लामा लाइभ कन्सर्ट इन नेपाल’ च्यारिटीका लागि हुनेछ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रमको बारेमा जानकारी दिएको हो ।
केन्द्रका अध्यक्ष मिलन मोक्तानले काठमाडौंको कपनमा रहेको बाल अपांग टेवा संस्थाको सहयोगार्थ कन्सर्ट गर्न लागिएको बताए ।
‘बाल अपांग टेवा संस्थामा आश्रित बालबालिकाहरुलाई विद्यालय जान समस्या भएको पायौं । ह्वीलचेयरमा उनीहरु विद्यालय जान सक्ने अवस्था देखिएन ।
यो कार्यक्रमबापत उठेको रकमको केही प्रतिशतले उनीहरुलाई गाडी अथवा भेन किन्ने उद्देश्य हो’, मिलनले भने ।
मिलनले कन्सर्टमा नेपालकै १० जना संगीतवादकको सहभागिता रहने बताए । ‘उनले १२ वटा हिन्दी गीत गाउनेछिन् । नेपाली गीतको हकमा ओएसआर डिजिटलबाट सार्वजनिक भएका गीतहरु गाउनेछिन्’, मिलनले भने । कार्यक्रममा नेपाली अपांग बालबालिकाहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।
बाल अपांग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले संस्थाको सहयोगका लागि सांगीतिक कार्यक्रम गरिनु खुशीको कुरा भएको बताए । आयोजकका अनुसार जेट्सन यही सेप्टेम्बर १७ तारिखमा नेपाल आउनेछिन् । कार्यक्रममा प्रत्यक्ष भिडियो संवादमा बोल्दै गायिका जेट्सनले नेपालमा कन्सर्ट गर्न आउन लाग्दा उत्साहित भएको बताइन् । आफू गायक सबिन राई, १९७४ एडीलगायतका व्याण्डको फ्यान भएको उल्लेख गर्दै उनले ‘यो मन त नेपाली हो’ र ‘प्यार जिन्दगी’ बोलको गीत सुनाएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
मुठभेडको अवस्थापछि प्रतिनिधि सभा बैठक स्थगित
जेठ ३, २०८१ बिहिबार
प्रतिपक्षको अवरोधका बीच सभामुखले बैठक चलाएपछि संसदमा हंगामा
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधि सभा बैठक तनावग्रस्त, सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल
जेठ ३, २०८१ बिहिबार
बागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध
जेठ ३, २०८१ बिहिबार