जङ्गली हात्तीबाट बाली जोगाउनै मुस्किल
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १२:३४:८
२७ भदौ, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ शिवनगरका महावीर क्षेत्रीको घर नेपाल–भारत सीमा नजिकै पर्छ । उनको भारतीय सीमामा जोडिएको एक बिघा जमिन छ । उक्त जमिनमा धान, गहुँ, तिल तथा मकै खेती गरिए पनि जङ्गली हात्तीका कारण महावीर खेतको पूरै उब्जाउ कहिल्यै भित्र्याउन पाएनन् ।
पारी भारततर्फ नङरा जङ्गल छ । उक्त जङ्गलबाट आउने जङ्गली हात्तीको बथानले बर्सेनि बालीनालीमा क्षति पुर्याउने गरेको उनको गुनासो छ । “अचेल दिनहुँ १५/२० हात्ती आउँछन्, पाँच कट्ठा खेतको बाली हात्तीको बथानले सखाप पारेको छ”, महावीर भन्छन्, “जङ्गल नजिकैको त्यो खेतको बाली कहिल्यै भित्र्याउन पाइएको छैन ।” जोगबूढा नदी पारीको बस्ती शिवनगरवासी वर्षौदेखि जङ्गली हात्तीको समस्या झेल्दै आएका छन् ।
जङ्गली हात्तीबाट बाली जोगाउन रातभर जाग्राम बस्नुपर्छ । आगो बालेर ढ्याङ्ग्रो बजाउँदै हो–हल्ला गरेर हात्ती धपाउने गरेको शिवनगरका खेमबहादुर खत्रीको भनाइ छ । “हात्ती कतिबेला घरभित्र पस्छन् भन्ने डर छ, त्यसैले भगाउन आगो बालेर रातभर जाग्राम बस्छौँ”, उनी भन्छन्, “बालीनाली मात्रै होइन, ज्यानै जोगाउन पनि मुस्किल पर्छ ।”
दोधारा चाँदनीमा जङ्गली हात्तीको आक्रमणबाट अहिलेसम्म चार महिलाले ज्यान गुमाएका छन् । शिवनगरका दुई सय ५० भन्दा बढी परिवारको बसोबास छ । वि.सं २०२२ देखि बसोबास सुरु भएको शिवनगरवासीलाई जङ्गली हात्तीको त्रास छ । “सरकारले हाम्रो पीडा कहिल्यै सुनेन, चुनावमा आश्वासन दिन्छन् तर जितेपछि फर्केर हेर्दैनन्”, चन्द्रकला मगर गुनासो गर्नुहुन्छ, “हात्ती रोकथामका लागि सरकारले केही गर्न सकेको छैन ।”
हरेक वर्ष घरखेतमा नोक्सान गर्ने हात्तीबाट बाली जोगाउनै मुस्किल पर्ने गरेको उनी बताउँछन् । “धान र मकै सखाप पारिसक्यो, एक÷दुई कट्ठाको धान बाँकी छ”, चन्द्रकला भन्छन्, “यो पनि जोगाउन मुस्किल छ ।”
बर्सेनि हात्तीले क्षति पुर्याएर बाली भित्र्याउन नपाउँदा खानलाई अन्नपातको समेत समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । हात्तीकै कारण खेत बाँझो हुन थालेको छ ।“बर्सेनि हात्तीले बालीमा क्षति पु¥याउँछ, खेती गर्दाको लगानी पनि उठदैन, अन्न किनेर खानुपर्छ”, स्थानीय वीरभान सुनार भन्छन्, “हात्तीकै कारण खेत बाँझो छोड्नु परेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार