संखुवासभा कारागारका कैदी मृत्यु प्रकरणमा प्रहरी र कैदीसहित १५ जनालाई जेल पठाइयाे
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १७:०:३२
२८ भदौ, काठमाडौं । गएको साउन २४ गते संखुवासभाको जिल्ला कारागार खाँदबारीमा भएको दुई कैदीबन्दी हत्या प्रकरणमा जिल्ला अदालतका चलेको मुद्दामा एक सहायक निरीक्षक सहित ७ प्रहरी र ८ कैदी गरी १५ जना आरोपित पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत संखुवासभाका न्यायाधीश न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले उनीहरुलाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्मका लागि कारागार (जेल)मा राख्न आदेश दिएसँगै बुधबार नै जेल पठाइएको हो । ७ प्रहरीलाई धनकुटा र ८ कैदीलाई तेह्रथुम कारागारमा पठाइएको अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताए । घटनाबारे तथ्य र प्रमाणले दोषी होइन भन्न सकिने अवस्था नदेखिएको ठहर गर्दै जेल चलान गर्न आदेश भएको हो ।
संखुवासभा सदरमुका खाँदबारीस्थित जिल्ला कारागारमा चोरी आरोपमा कैद काटिरहेका संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र बालत्कार कसुरमा सजाय काटिरहेका नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई कारागार सुरक्षार्थ खटिएका प्रहरी सहायक लक्ष्मी चौधरीसहित प्रहरी र अन्य कैदी मिलेर रड, लाठीले हिर्काएर हत्या गरेको खुलेपछि पक्राउ गरी अनुसन्धानपश्चिात मुद्दा चलाइएको थियो । हत्या गरिएका बलामी र तोलांगीलाई रातको समय पारेर कारागारको शौचालयको झ्याल फोडेर भाग्न खोेजेको भन्दै नियन्त्रणमा लिएर यातना दिएर हत्या गरी उपचारको बहानामा बिहान सबेरै मृतास्वथामा जिल्ला अस्पताल पुर्याएका थिए । पुर्याए लगत्तै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।
त्यसपछि पुगेका मृतकका आफन्तले मृतक दुवै जनाको शरीर गहिरो चोड, निमलडाम र खुटामा कडा वस्तुले घोचिएको पाइएपछि हत्या भएको आशंका छानबिन प्रहरीमा आरोपीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए । घटनाबारे छानबिन गर्न सहायक प्रमखु अधिकारीको संयोजकत्वमा गठिन छानबिन समितिले पनि दुई जनाको मृत्यु कुटपिटबाट भएको निष्कर्ष निकालेको थियो ।
त्यसपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न अपराध स्वीकार गरेका थिए । घटनापछि विषायन्तर गराउन प्रहरीले आफूहरुलाई घटनाको जिम्मा लिन दबाब दिएको भन्दै घटनाको २४ घण्टासम्म कारागारका कैदीहरुले विरोध जनाउँदै तोडफोड र भित्रैबाट प्रहरीमाथि ढुंगामुडा समेत गरेका थिए । उनीहरुले प्रहरीले कुटपिट गरी ज्यान लिएर दोष चाािहं आफूमाथि लगाएर फसाउन खोजेको भन्दै विरोध गरेका थिए । छिमेकीले सुनेको भनी दिएको बयान र चौतर्फी दबाबका कारण आरोपीहरु पक्राउ परेका थिए ।
कारागार चलान हुनेहरुमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, कारागारमा सुरक्षा गार्डमा कार्यरत सुमन गुरुङ, दमनसिंह राई, नुशन राई, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान मनिष राई, पवनकुमार महतो रहेका छन् ।
यस्तै जेल चलान गरिने कैदीहरुमा रामबहादुर कार्की, अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारू मगर, टिकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाङ रहेका छन् । उनीहरु बलात्कार, डाँका र ज्यान मुद्दामा कैदसजाय भोगिरहेका कैदीबन्दीहरु हुन् । आरोपीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्थाबमोजिम क्षतिपूर्ति र जन्मकैद साजय माग गरिएको छ । आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालले जनाएकको छ। सबै अभियुक्तविरुद्धका मुद्दामा जन्मकैदको मागदाबी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार