ब्रेक शु मार्फत बरामद गरिएको सुन प्रकरणको मुद्दा आज अदालतमा दर्ता गरिँदै
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार ११:०:४१
३१ भदौ, काठमाडौं । जिल्ला सरकारी वाकिलको कार्यालयले त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको सुन प्रकरणको मुद्दा आज अदालतमा दर्ता गरिने भएको छ । गत साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो सुन तस्करी प्रकरण अन्तर्गत आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिने भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको ४ दिनपछि आज जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्न लागिएको छ । सीआईबीले पक्राउ परेका २५ र फरार ४ गरी २९ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।
सरकारी वकिल कार्यालयले यो संख्या तलमाथि गरेर मुद्दा दायर गर्ने सम्भावना रहेको बताइएको छ । उक्त काण्डमा ८ चिनियाँसहित ३२ जना हिरासतमा छन् भने तीमध्ये ७ जनालाई मुद्दा नचलाउन सीआईबीले राय दिएको छ ।
अवैध सुन तस्करीका सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । यस प्रकरणमा सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अध्ययन सकेर आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिने कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिएका छन्. ।
आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐन, नेपाल नागरिकता ऐन र राहदानी ऐन, अध्यागमन ऐनअनुसार कारबाही चलाउन माग गरेको सीआईबीले पूरक अनुसन्धान भने जारी राखेको छ । सातवटा कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेको छ तर अहिले सीआईबीले रेडी ट्रेड प्रालिबाट भएको तस्करीको मात्रै अनुसन्धान सकाएको हो ।
अवैध रूपमा सुन तस्करीको आरोपमा पक्राउ परेका ५ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी भएको विषयमा पनि सीआईबीले अनुसन्धान गरिरहेको छ । नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर नेपाली नागरिकताबारे अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
बजेट अभावमा जनजाति सङ्ग्रहालय अधुरै
जेठ ३, २०८१ बिहिबार
विपन्नको जीवनस्तर उकास्न बाख्रा वितरण
जेठ ३, २०८१ बिहिबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार