इटहरीमा साँढे गाेरूको दाहसंस्कारमा दर्जनौं मलामी
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार ११:३७:३७
२ असोज, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा मरेको साँढे गोरुको दाहसंस्कारमा दर्जनौ मानिस मलामी गएका छन् । साँढेको दाहसंस्कार मंगलबार हिन्दू परम्पराअनुसार गरिएको छ ।
मरेको साँढे गाेरूलाई संस्कार पूरा गरेपश्चात बुढी खोलामा खाल्डो खनेर गाडिएको छ ।खाल्डाे जेसीबीकाे सहायताले खनिएकाे थियाे । मरेकाे साँढेलाई गाडीमा राखेर दाहसंस्कारस्थल पुर्याइएकाे थियाे ।
केही समय अगाडि सवारीसाधनको ठक्करबाट घाइते भएको साँढे गोरु सोमबार मरेको थियो । ठक्करपछि स्थानीय बासिन्दाको आग्रहमा उपमहानगरपालिकाको पशु चिकित्सकले उपचार गर्दै आइरहेका थिए ।
हरेक प्राणीले ज्यान गुमाएपछि कम्तीमा उसको पनि सम्मान होस् भनेर मलामीसहित गएर साँढेको अन्त्येष्टि गरिएको इटहरी स्थानीयहरुले बताएका छन् ।
हिन्दू परम्परामा मात्र नभइ संविधानले समेत गाई, गाेरू मार्न निषेध गरेकाे छ । मारेकाे पाइएमा त्यस्ता घटनामा संलग्नतालाई कारवाही हुने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार
वागमती प्रदेशमा विशेषाधिकार समिति गठन
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार