बालेनले अझै दिएनन् जडिबुटीको बसपार्क संचालन अनुमति
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार १७:१५:५४
३ असोज, काठमाडौं । अरनिको राजमार्ग हुँदै उपत्यका बाहिरका जिल्लाका लागि छुट्ने पूर्वअरनिको याताया प्रालिका यात्रुवाहक बसका लागि बनाइएको बसपार्क संचालन गर्न काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले अझै आनाकानी गरेका छन् ।
जग्गा लिजमा लिएर बनाउन सुरु गरिएको बसपार्क अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको र पटकपटक ताकेता गर्दा समेत महानगरले अनुमति नदिएर अप्ठयारोपमा पारेको प्रालिको गुनासो छ ।
महानगरले उपत्यकाबाहिर छुट्ने सबै यात्रुवाहक सवारीलाई गएको असार १ गतेदेखि बालाजुस्थित गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र अनुमति दिएको थियो । तर पूर्वअरनिको त्यहाँ जान मानेन । गएका केही यातायात व्यवसायी पनि जान छाडेका छन् । जडिबुटी, कोटेश्वर क्षेत्रबाटै सवारीसाधनलाई बाहिर पठाउँदै आएका छन् ।
यसअघि अरनिको राजमार्ग हुँदै छुट्ने सबै सवारीलाई खुलामञ्च नजिक पुरानो बसपार्कमा व्यवस्था रहेकामा कोरोना महामारीदेखि जडिबुटीमा सारिएको थियो । हाल जडिबुटीपारि भक्तपुरको लोकन्थलीनजिक पेट्रोल पम्पनजिक सडक छेउबाट बसहरु छुटदै आएका छन् । तर राति पार्किङमा ठूलो समस्या परेको प्रालिको भनाइ छ । दशैंको टिकट बुकिङ बसपार्कबाट गराउने योजना प्रालिको छ । तर अनुमति पाउने छनक देखिँदैन । मेयर बालेन गोंगबु बसपार्क नै प्रयोग गर्न दिने पक्षमा रहेको महानगर स्रोतको दाबी छ ।
पार्किङ समस्या समाधान गर्न १४ रोपनी जग्गा भाडामा लिएर बनाइएको बसपार्क संचालन अनुमति नपाउँदा बसपार्क निकम्मा बनेको छ भने, बाहिर जाने र भित्रिने बसका यात्रुलाई सास्ती परेको छ । बसपार्क (मनहरी खोलावारि) महानगरको वडा नं. ३२ मा पर्दछ । संचालन अनुमतिका लागि काठमाडौं महानगरपालिका, वडा कार्यालय, उपत्यका विकास प्राधिकरण, उपत्यका ट्राफिक व्यवस्थापन कार्यालय, बागमती श्रम, रोजगार तथा यातायात मन्त्रालय सबैलाई निवेदन दिइसकेको तर निर्णय आउन नसकेको प्रालिको भनाइ छ । बसपार्क बनाउन ८ करोड जति खर्च लागेको उसको दाबी छ ।
महानगर स्रोतका अनुसार महानगरभित्र एक बस पार्क नीति’ लिइएको छ । जसअन्तर्गत गोंगबु बसपार्क संचालन भइरहेको छ । जडिबुटी हुँदै सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, काभ्रे, ओखलढुंगा लगायत धुलिखेलबाट छुट्टिने बर्दिबास पूर्वका जिल्लाहरुका लागि बस, सुमो, ह्यास, माइक्रो लगायत छुट्दै आएका छन् । यी सवारी गोंगबु जाँदा थप ट्राफिक जाम हुने र यात्रुलाई पनि थप ढुवानी भार बढ्ने हुँदा गोगबु बसपार्क अरनिको राजमार्गमा चल्ने सार्वजनिक यातायातका लागि व्यवहारिक नरहेको यात्रुहरु बताउँछन् ।
बसपार्क संचालन गर्न अनुमति तत्काल दिन सांसदहरुले समेत सदनमा निरन्तर आवाज उठाउँदै आइरहेका छन् । सांसद माधव सापकोटाले जडिबुटी बसपार्क संचालन तत्काल गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बसपार्कको निर्माण काम सकिएपनि संचालनमा कहिले आउँछ भन्ने अझै अन्यौल छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकहिले सकिन्छ बुटवल नारायणगढ सडकको काम ?
बैशाख १६, २०८१ आइतबार
मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति
बैशाख १५, २०८१ शनिबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
काभ्रेको रोशी गाउँपालिकामा आगलागी, १५ घर जले
बैशाख १९, २०८१ बुधबार
लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो
बैशाख १९, २०८१ बुधबार
नेपाल र वेस्ट इन्डिज 'ए' बीचको तेस्रो खेल आज
बैशाख १९, २०८१ बुधबार
आज अन्तराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै, सार्वजनिक विदा
बैशाख १९, २०८१ बुधबार
कोशी, मधेस र लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन अनुरोध
बैशाख १९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख १९, २०८१ बुधबार