इन्डो-प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिन प्रधानसेनापति दिल्ली जाने
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १८:१७:५२
४ असोज, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा इन्डो–प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिन भारतको नयाँ दिल्ली जाने भएका छन् ।
सेना प्रमुखहरुको १३औं संस्करणको कन्फेरेन्समा सहभागी हुन प्रधानसेनापति शर्मा आउँदा आइतबार दिल्ली जाने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
नयाँ दिल्लीमा २०८० असोज ८ गतेदेखि १० गतेसम्म इन्डो–प्यासिफिक आर्मी चिफ कन्फेरेन्स हुँदैछ । कन्फेरेन्स भारतीय सेना र अमेरिकी सेनाले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । कन्फेरेन्सकाे मुल नारा ‘शान्तिका लागि एकैसाथ : हिन्द–प्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थायित्व’ राखिएको छ । यसमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी हुँदैछन् । प्रधान सेनापति शर्मालाई भारतीय सेनाध्यक्ष मनोज पाण्डेले निमन्त्रणा गरेको बताइएको छ ।
नेपाल सहित १५ देशका सेनापतिहरू सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बङ्गलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, मालदिभ्स, मङ्गोलिया, म्यानमार, न्युजिल्याण्ड लगायतका देशका प्रधान सेनापतिहरू सो सम्मेलनमा सहभागी हुँदैछन् ।
शर्माका साथ ४७औं इन्डो-प्यासिफिक आर्मी म्यानेजमेन्ट सेमिनारमा सहभागी हुने उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम तथा नवौं सिनियर इनलिस्टेड लिडर्स फोरममा सहभागी हुने प्रमुख सुबेदार रत्नबहादुर थापा पनि जानेछन् । उनीहरु असोज ११ मा मात्र स्वदेश फिर्ता हुनेछन् ।
इन्डो–प्यासिफिक अमेरिकाको अवधारणामा बनेको सैन्य संगठन हो । संगठनमा एसिया प्यासिफिक क्षेत्रका मुलुकहरुका सेनालाई संरचनागत रुपमा आवद्ध गराउने रणनीति रहेकाे छ । यसअघिकाे १२औं संस्करण ‘प्यासिफिक कमान्ड’ नामबाट कन्फेरेन्स गरिएकाे थियाे । आयोजकले चार वर्षअघि देखि ‘इन्डो–प्यासिफिक’ भन्न थालेका हुन् । १२ औँ संस्करणमा सहभागी भैसकेका छन् ।
छिमेकी चीनले भने इन्डो-प्यासिफिकलाई आफूलाई घेरा हाल्न अमेरिकाले तयार पारेको सैन्य संरचना भन्दै आपत्ति जनाउँदै आइरहेको छ ।
अमेरिकाले चीनलाई आर्थिक उन्नतिमा प्रमुख प्रतिपस्पर्धी ठान्दै आइरहेको सन्दर्भमा चीनसँगको सीमा विवाद झेलिरहेको भारतले इन्डो–प्यासिफिकमा बेजोड साथ र संलग्नता जनाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार
उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखाएको छः महासचिव पोखरेल
बैशाख २२, २०८१ शनिबार
बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी
बैशाख २२, २०८१ शनिबार
बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
बैशाख २२, २०८१ शनिबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार