सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फेरि सर्याे अन्तिम सुनुवाइ
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार ११:५८:१
७ असोज, काठमाडौं । क्रिकेट राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कारसम्बन्धी मुद्दा आज पनि स्थगित भएको छ । मुद्दाको अन्तिम टुंगो लगाउन सुनुवाइको पेसी तोकिए पनि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन । मुद्दाको अर्को पेसी अब कहिले तोकिन्छ भन्ने टुंगो छैन ।
न्यायाधीश अभावको कारण देखाउँदै सुनुवाइ नगरिएको हो । लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । उक्त मुद्दाको अन्तिम टुंगो लगाउन बाँकी छ । उनविरुद्ध २०७९ भदौ गते राति नुवाकोटकी एक किशोरीलाई काठमाडौंको पिंगलास्थानस्थित होटल इनमा पुर्याएर रातभर बलात्कार गरेको अभियोग छ ।
लामिछाने चीनको हाङचउ शहरमा जारी एसियाडका नेपालको तर्फबाट प्रतियोगितामा भाग लिने टोलीमा समावेश गरिएको छैन । टोलीलाई आजै मात्र क्यानका अधिकारीहरुले बिदाई गरेको छ । टोलीको कप्तान रोहित पौडेलले गरेका छन् । अभियोग लाग्नुअघि टोलीको कप्तान लामिछाने थिए । अभियोग लागेसँगै उनीहरु कप्तानबाट निलम्बनमा छन् । पछि सदस्य कायम गराएर क्यानले उनलाई राष्ट्रिय टोलीबाट राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा समावेश गर्दै आइरहेको छ ।
अभियोगमा चलाइएको मुद्दामाथि प्रारम्भिक सुनुवाइपछि काठमाडौं जिल्ला अदालतका पुर्पक्षका लागि जेल चछलाउन गरेपनि उच्च अदालत पाटले २० लाख धरौटी लिएर केही सर्तसहित थुनाबाहिर रहेर मुद्दा लड्न पाउने सुविधा दिएको थियो ।
उनीविरूद्ध नुवाकाेटकी एक किशाेरी (परिवर्तित नाम गाैशाला २६)लाइ २०७९ भदाै ५ मा काठमाडाैंकाे पिंगलास्थानस्थित हाेटल काठमाडाैं इनमा पुर्याएर रातभर बलात्कार गरेकाे मुद्दा छ । जुन मुद्दामा अन्तिम फैसला हुन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार