आमाको मात्र नामबाट नागरिकता दिने व्यवस्था गर्न सर्वोच्चको परमादेश
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १७:४५:२३
८ असोज, काठमाडौं । सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर नागरिकता दिने व्यवस्था गर्न गृह मनत्रालय र ललितपुर जिल्ला प्रशासन कार्यालयको नाममा परमादेश जारी गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिलाले कुमारी अवस्थामै छोरी जन्माएको सन्तालाई नागरिकताको माग गर्दै २०७८ मा सर्वोच्च दायर रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । महिलाले रिटमा सन्तानका बुवा सम्पर्कविहीन भएको र सन्तान (छोरी) नागरिकता लिने उमेर पुगेपनि नागरिकता पाउन नसकेको जनाएकी थिइन् ।
उनले आफू प्रेम सम्बन्धमा रहेको अवस्थामा गर्भवती भएको र त्यसपछि विवाह नगरी पुरुष सम्पर्कविहीन भएको बताउँदै आएकी थिइन् । उनको रिटमाथि गत साउन २३ मा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ भएको थियो ।
महिलाले पतिको स्थायी ठेगाना मकवानपुरको मनहरि नगरपालिका–४, उल्लेख गरेकी थिइन् । सन्तानको जन्म भएपछि पनि बुबा गायब रहेपछि बच्चाको जन्म दर्ता हुन सकेको थिएन । उनले बच्चा अस्पतालमा जन्मिएको समेत जनाएकी छन् ।
‘यदि निवेदकले खुलाएको व्यवहोरा झुठा प्रमाणित हुन आएमा त्यसको कारवाही र परिणामको भागी निज घोषणा गर्ने व्यक्ति नै हुनुपर्ने हुँदा सम्बन्धित निकायले कुनैपनि जन्मदर्ता र नागरिकताको कारवाहीमा ढिलाइ गर्नु उचित हुँदैन’ परमादेशको १६ औं पृष्ठमा उल्लेख छ । छोरीलाई पनि वंशजकै आधारमा नागरिकता दिन र आमाको स्थायी ठेगाना नै छोरीको पनि ठेगाना काम गर्न सर्वोच्चले भनेको छ ।
आमासँग वंशजको नागरिकता रहेको र अस्पतालले दिएको जन्म प्रमाणपत्र पनि रहेको अवस्थामा बुवाको नाम आवश्यक नपर्ने सर्वोच्चले ठहर गरेको छ । आदेशको पूर्ण पाठ हालै मात्र सार्वजनिक भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै
जेठ ११, २०८१ शुक्रबार
कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे
जेठ ११, २०८१ शुक्रबार
महानगरका सबै विभागका प्रतिनिधिलाई ‘सार्वजनिक निजी साझेदारी कार्यक्रम’ सम्बन्धी तालिम
जेठ ११, २०८१ शुक्रबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
पपुवा न्युगिनीमा पहिरो, १०० भन्दा बढीको मृत्यु भएको आशंका
जेठ ११, २०८१ शुक्रबार
कञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि
जेठ ११, २०८१ शुक्रबार