सर्वाेच्चद्वारा ललितानिवास प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १७:२३:३५
९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र पूर्व मुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सीआईबी, जिल्ला सरकारी वकिलको कार्यालय लगायतलाई विपक्षी बनाइ दायर गराएको रिट निवेदनमाथि आइतबार न्यायाधीश विनोद शर्माको इजलासले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी ठगी गरेको प्रकरणमा मुद्दा नचलाउनुको कारण माग गरेको हो ।
रिटमा शक्ति र पहुँचमा भएकै कारण सरकारले उनीहरूलाई उन्मुक्ति दिएको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने माग दाबी गरिएको छ । रिटमाथि सुनुवाइ गर्दै निवेदकको माग बमोजिम आदेश जारी हुनु नपर्ने कारण भए बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरुका नाममा आदेश जारी भएको छ । शर्मा सर्वोच्च अदालतमा हालै मात्र नियुक्त भएका हुन् ।
सीआईबीले गत असार १२ गतदेखि प्रकरणका आरोपीहरुमाथि ६० दिन हिरासतमा राखेर अनुसन्धान सकेर जिल्ला सरकारी वकिल काठमाडौंको कार्यालयमार्फत ३ सयभन्दा बढी व्यक्तिहरुविरुद्ध मुद्दा चलाएको थियो । त्यसमा जग्गा व्यक्तिको नाममा जाने गरी निर्णय गर्ने तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष एवं प्रधानमन्त्री नेपाल, भट्टराई र मुख्य सचिव पौडेललाई सामान्य जानकारी लिएर छाडिएको थियो ।
प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत र भक्तपुर मालपोतका कार्यालय र नापि विभागका कर्मचारीहरू गरी १७ जनालाई जिल्ला अदालत काठमाडौंको आदेशमा फरक फरक धरौटी रकममा छुटेका थिए । अन्य प्रतिवादी अझै फरार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार