६१ किलो सुन प्रकरणमा आजदेखि थुनछेक बहस हुने
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार ९:२९:२०
१० असोज, काठमाडौं । सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएपछि आजबाट थुनछेक बहस हुन लागेको हो ।
जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको मंगलबारसम्ममा सकिएकाले बुधबारबाट थुनछेक बहस सुरु हुन लागेको हो । गत साउन ४ गते समातिएको ६० केजी बढीको सो सुन तस्करी प्रकरण र भेपमा ल्याइएको झन्डै ९ केजी सुन प्रकरणमा सरकारी वकिलका कार्यालयले प्रतिवादीहरूलाई थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ ।
सुन प्रकरणमा प्रहरीले नियन्त्रणमा लिउका २६ जनाको बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो ।
चिनियाँ नागरिकहरू याओ पुचेङ, लि वेन सुङ, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ । तिब्बत मुलका भारतीय नागरिक थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुक्मिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना अहिले प्रहरीको हिरासतमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिट खारेज
जेठ ३, २०८१ बिहिबार