काठमाडौं आउँदै गरेका राहत शिक्षक सवार भ्यान सिन्धुलीमा दुर्घटना
गर्भवती शिक्षिकासहित १० जना घाइते, २ काे अवस्था गम्भीर, चालक प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार ११:५९:५७
१२ असोज, काठमाडौं । आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको इलेक्ट्रिक भ्यान सिन्धुलीमा दुर्घटनामा परेको छ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा शिक्षकहरु सवार म. प्र. ०४-००१ ज ००६२ नम्बरको भ्यान आज बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी १० जना शिक्षक घाइते भएका छन् । सिमसिम पानी परिरहेकाे बेला भ्यान बोहोरेटारको साँघुरो घुम्तीबाट अन्दाजी ३० मिटर तल खसेको छ । भ्यान चालक कमलामाई नगरपालिका- ८ का २६ वर्षीय तेजबहादुर कार्कीलाई नियन्त्रणमा लिएकाे सिन्धुली प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, वडा नंं. ५ मा ४६ वर्षीया कमला घिमिरे, वडा नं. १ का ३४ वर्षीय मुकुन्द थापा र सोही ठाउँका ४१ वर्षीय भुवन थापा रहेका छन् । अन्यमा सोही नपा वडा नं. ४ की ४० वर्षीया बबिता देवकोटा, वडा नं. ६ का ४६ वर्षीय विष्णु ढकाल र उनका ११ वर्षीय छोरा निश्चल, वडा नं. ६ कै ४० वर्षीय सरोज थापा घाइते भएका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिका-१० बस्ने ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका–१० की ४० वर्षीया गार्की बस्नेत पनि घाइते भएका छन् । घाइतेहरुलाई अरु गाडीमा राखेर धुलिखेल अस्पताल ल्याइरहेको बताएका छन् । घाइते मुकुन्द थापाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ । शिक्षक निरकुमार चालिसेकाे दुवै हात भाँच्चिएकाे बताइएकाे छ । साथै घाइते शिक्षिकामध्ये गार्की गर्भवती रहेकाे बताइएकाे छ ।
शिक्षा विधेयकमा आफूहरुको अधिकार विरुद्ध प्रावधान राखिएको भन्दै विरोधमा असोज ३ गतेदेखि राहत, पेन्सनबाट वञ्चित र बाल शिक्षाका शिक्षक तथा विद्यालयका कर्मचारीहरुले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका छन् । सरकारले उनीहरुको मागबारे अझै मौन साँधेकोअवस्था छ ।
आज माइतीघर मण्डला–नयाँ बानेश्वर सडकमा शिक्षकहरुले ब्यानर, प्लेकार्डसहित विरोध प्रदर्शन गरिरहेका छन् । माग पूरा नभएसम्म सडक नछाडने अडान उनीहरुको छ । अन्दोलनका लागि विभिन्न जिल्लाबाट काठमाडौं आउने क्रम जारी रहेको जानकारी नेपाल राहत शिक्षक केन्द्रीय समितिले दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
मकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार