एनआईसी एशिया बैंकका प्रबन्धकद्धारा कमिशन लिएर ऋण दिएको खुलासा, सहुलियतको कृषि कर्जामा पनि व्यापक अनियमितता
नेपालबहस संवाददाता
असोज १५, २०८० सोमबार १७:८:१२
१५ असोज, गौर । रौतहटको गरूडा बजारस्थित एनआईसी एशिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ताविरूद्ध प्रहरीमा ठगीसम्बन्धी निवेदन परेको छ। उजुरीकर्ताहरु सबै बैंकका सेवाग्राही हुन् । उनीहरूले प्रबन्धक गुप्ताले आफूहरुसँग खाली चेक लिएको र पछि सोही चेकबाट अनधिकृत रुपमा रकम निकालेको दावी गर्दै उजुरी दिएका हुन् । शाखा प्रबन्धक गुप्ताले ८५ लाखभन्दा बढी रकम झिकेको प्रहरी स्रोतले बतायो ।
ऋण लगानी गर्दा एनआईसी एशिया बैंकका कर्मचारीले ग्राहकसँग कमिशन लिने गरेको खुलासा भएको छ । आफूहरु ठगिएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जना पीडितले उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएपनि प्रहरीले पीडित र बैक प्रबन्धकको बयान लिने मात्र काम गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले घटना गम्भीर भएकाले अनुसन्धान जारी राखिएको बताए ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जनाले दिएको उजुरीमा ऋण स्वीकृत गरेवापत शाखा प्रबन्धक गुप्ताले जय बाबा वैद्यनाथ एग्रीकल्चर कम्पनी प्रालि चन्द्रपुर नपा १०, अशोका एग्रिकल्चर दुर्गा भगवती गाउँपालिका १ र अम्बे कृषि फर्म चन्द्रपुर ८ का प्रोप्राइटरसँग सापटी भन्दै २ करोड ५ लाख रुपैयाँ ७ महिना अघि लिएर फिर्ता नगरेको उल्लेख छ ।
सर्लाही बरहथवा नगरपालिका १० सुन्दरपुर चोहर्वामा रहेको ४ बिगाह १७ कटठा जमिन अशोक कुमार साहले एनआईसी एशिया बैंकमा धितो राखी ४ करोड ७५ लाख ऋण स्वीकृत गराएका थिए। सहुलियतपूर्ण कृर्षि कर्जा प्रयोजनको लागि गत माघमा सहुलियतपूर्ण ऋण स्वीकृत गरेपछि शाखा प्रबन्धक गुप्ताले अशोका एग्रीकल्चर दुर्गा भगवती १ का प्रोप्राइटर अशोक कुमार साहसँग नौ वटा खाली चेकमा सही गराएर लिएको दावी उजुरीमा गरिएको छ । सोही चेकहरूबाट रकम निकालेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
२०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैंकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८५ बाट सञ्जय यादवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीवास्तवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७७ बाट पाना देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८२ बाट राम बच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८४ बाट आशा देवीको नाममा ५ लाख ३४ हजार झिकेको अनुसन्धानमा देखिएको छ ।
यसै गरी जय बाबा वैद्यनाथ एग्रीकल्चर कम्पनी प्रालि चन्द्रपुर १० को नाममा रहेको चन्द्रपुर १० डुमरियाको २५ कटठा र चन्द्रपुर ९ को घरसहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोप्राइटर पुष्पनाथ साहका छोरा राकेश साहसँग ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर प्रबन्धक गुप्ताले चेक नम्बर ४९००५३६४ बाट रामसिंह राय यादवको नाममा ९ लाख ९० हजार, चेक नम्बर ५९००५३६२ बाट मनिषा देवी साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६३ बाट माधव प्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६५ बाट गैरी देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको अनुसन्धानमा खुलेको छ । अम्बे कृषि फर्म चन्द्रपुर–८ का चेकको विवरण बैंकले दिन आनाकानी गरिरहेको छ ।
बैंकबाट ऋण लिएका ऋणीले शाखा प्रबन्धक गुप्तासहित बैंकका कर्मचारीले सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गरेवापत कमिशन लिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । यस बारेमा बैंकको प्रधान कार्यालयले पनि आन्तरिक अनुसन्धान गरिरहेको छ । एसपी श्रेष्ठले नेपालबहससँग भने, “जिल्ला प्रशासनमा ठाडो उजुरी परेपछि प्रहरीमा छानविनका लागि आएको थियो, दुवै पक्षलाई बोलाएर एकचरणको बयान लिएका छौं । बयानमा उनीहरू बीच पहिले भद्र सहमतिमा काम भएको देखिन्छ, तपाईहरु मिलेर आए हाम्रो भन्नु केही छैन तर ठगीसम्बन्धी विधिवत उजुरी आए अप्ठ्यारो पर्छ भनिदिएका छौं ।”
गुप्तासहितका बैंकका कर्मचारीले कृषि सहुलियत ऋण स्वीकृत गरेपछि ऋणीसँग खाली चेकमा हस्ताक्षर गराएर बैंकका कर्मचारीलगायतका व्यक्तिको नाममा कमिशन रकम निकालेको आरोप छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
बैशाख २१, २०८१ शुक्रबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार