बुधबार शेयरबजारमा सुधार, बैंकिङबाहेक सबै समूह बढ्यो
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार १५:३२:४४
१७ असोज, काठमाडौं । शेयरबजारमा बुधबार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२४ विन्दुले बढेर १९६७.९७ अंकमा आइपुगेको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
नेप्से सूचक बढे पनि कारोबार रकम भने अझै सुस्त नै छ । बजारमा एकातिर लाभांश सिजन चलिरहेको छ भने अर्कोतिर प्रमुख चाडपर्व पनि नजिकिएको छ । चाडपर्व र लाभांश वितरण हुने बेलामा सेयर बजारमा विशेष चहलपहल बढ्नुपर्ने अपेक्षा गरिएको छ । तर अहिलेसम्म त्यस्तो हुन भने सकेको छैन ।
चाडपर्वका बेला रेमिटेन्स बढी आउँछ । बजारमा कारोबार बढ्ने हुँदा अर्थतन्त्र पनि थप चलायमान हुन्छ । तर अहिलेसम्म बजारमा यसको उत्साह देखिएको छैन । वर्ष दिनको कमाईबाट सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गरेका हुन्छन् ।
बजारको आगामी यात्रा भने नीतिगत सुधार, बैंक ब्याजदर तथा लगानीकर्ताको मनोबल कस्तो रहन्छ, त्यसैमा निर्भर हुने देखिन्छ । अल्पकालमा बजारमा उतारचढाव आउन सक्छ तर मध्यकालीन र दीर्घकालीन अवधिका लागि भने नीतिगत सुधार र ब्याजदर नै प्रमुख विषय हुनेछन् । समग्रमा लगानीकर्ताले निश्चित योजना बनाएर लगानी सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार