विश्वकप क्रिकेट : बङ्गलादेशसामु १५७ रनको लक्ष्य
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २०, २०८० शनिबार १४:५८:१९
२० असोज, कामठाडौं । भारतमा भइरहेको आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ ।
भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा टस हारेपछि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३७ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ५६ रन बनायो । अफगानिस्तानका लागि रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । यस्तै इब्राहिम जरदानले २२, अजमातुल्लाह ओमाराजीले २२, रहमत शाहले १८ तथा कप्तान हसमतुल्लाह शाहिदीले १८ रन बनाए ।
बलिङतर्फ बङ्गलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीनरतीन विकेट लिए । अहिले बङ्गलादेशले जवाफी ब्याटिङ गरिरहेको छ । आजै श्रीलङ्का र दक्षिण अफ्रिकाबिच अर्को खेल हुनेछ । यसअघि शुक्रबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्डस्लाई ८१ रनले पराजित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
बंगलादेशसँग २१ रनले पराजित भयो नेपाल
असार ३, २०८१ सोमबार
टी-२० विश्वकप : नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव !
असार ३, २०८१ सोमबार
नदी धमिलिने बित्तिकै मेलम्ची बन्द
असार ३, २०८१ सोमबार
नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा
असार ३, २०८१ सोमबार