कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा
नेपालबहस संवाददाता
असोज २०, २०८० शनिबार १६:६:१०
२० असोज, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । ३० दिनभित्र विश्वासको मत पाउनुअघि नै उनले राजनीतिक निकासका निम्ति राजीनामा दिने घोषणा गरेका हुन्।
कार्कीले राजीनामा घोषणा गरेसँगै एमाले प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएको छ। शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय थियो। विपक्षमा बहुमत सांसदले मतदान गर्ने निश्चित भएसँगै कार्कीले राजीनामा घोषणा गरेका हुन्।
उनले जनताको माग मध्यावधि नभएको भन्दै राजनीतिक निकासका लागि सबै दललाई आह्वान गरे। 'प्रदेश निर्वाचन अहिले जनताका माग होइन। कतिपय घटनाले पनि जनतामाझ निर्वाचनको माहोल छैन। के कस्तो गरेर गर्न सकिन्छ, त्यसको लागि एमाले तयार छ। अरु दल पनि आउनपर्यो। यहाँ सरकारको कुरा रहेन अब,' उनले भने।
उनले सबै दललाई राजनीतिक निकासतर्फ नसोच्ने हो भने मध्यावधिलाई नकार्न नसकिनेसमेत बताए। 'हामी सच्चिएर नजाने हो भने हाम्रा अगाडि देखिएको मध्यावधिलाई नकार्न सकिँदैन। मध्यावधिमा जान एमाले डराउँदैन पनि,' उनले भने।
उनले एमाले सहमति सहकार्यका लागि हरदम तयार रहेको बताए। 'कतिपय साथीले एमालेले सहमति चाहेको छैन भन्ने पनि आयो। तर सहमतिका लागि एमालेले सबै विकल्प खुला छोडेको छ। सबैसँग सहमतिको प्रयास गरेको छ। मैले आधिकारिक पत्र पनि पठाएको छु,' उनले भने।
नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ '३' अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो ।
तर प्रदेशसभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गर्यो । अहिले विश्वासको मत नपाए संविधानको धारा १६८ '५' अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने भएपछि उनी राजीनामा दिने निर्णयमा पुगेका हुन् । उनकाे याे राजीनामासँगै अब संविाधानको धारा १६८ '५' अनुसार प्रदेश सभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।
कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा 'एमाले' का उपसभामुखसहित ४०, नेकपा 'माओवादी केन्द्र' का १३, नेकपा 'एकीकृत समाजवादी' का चार, जसपा एक र राप्रपाका ६ प्रदेशसभा सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार