ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै
नेपालबहस संवाददाता
असोज २१, २०८० आइतबार १५:२५:१३
२१ असोज, फुङ्लिङ । ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ । नयाँ बस्ती विस्तार बढ्दै गएसँगै वन क्षेत्रसमेत अतिक्रमण बढ्दै गएको हो ।
जिल्लामा करिब एक सय ८९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको पाइएको छ । डिभिजन वन कार्यालयका अनुसार संस्थागत तथा व्यक्तिगतरुपले १८९ दशमलव छ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको हो । उक्त कार्यालयका निमित्त प्रमुख बद्रीप्रसाद साहका अनुसार वन आवादी जोडिएको सिमानामा बढी मात्रामा वन अतिक्रमण भएको छ ।
सन्ताननब्बे हजार छ सय ११दशमलव ३६ हेक्टर वन क्षेत्र रहेकामा १३ हजार १६८ दशमलव ९२ हेक्टर वन क्षेत्र प्रस्तावित तिनजुरे–मिल्के–जलजले गुराँस संरक्षण क्षेत्रमापर्छ भने सामुदायिक वनभित्र नौ हजार ७३७ दशमलव ८५ हेक्टर वनक्षेत्रपर्छ । उक्त कार्यालयले प्रकाशित गरेको वार्षिक कार्यक्रम सहितको प्रगति पुस्तिकाअनुसार फुङलिङ नगरपालिका– १० र ११ को पाथीभरा क्षेत्रमा व्यक्ति र संस्थाका गरी २५ हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ ।
यस्तै मिक्वाखोला गाउँपालिका–५ को तोक्पेगोला क्षेत्रमा व्यापारिक केन्द्र बनाउन स्थानीय तीन हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । मेरिङदेन गाउँपालिका—२ स्थित गुराँसे पोखरी क्षेत्रमा पोखरी घेराबारा तथा होमस्टे निर्माणमा शून्य दशमलव पाँच हेक्टर र मैवाखोलागाउँपालिका—४ र ५ को तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा भ्यूटावरलगायत संरचना निर्माण तथा स्थानीयवासीद्वारा आवास निर्माणका क्रममा ५२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ ।
स्थानीय तहमा पसल, व्यवसाय, गोठ आदि कार्यका लागि १०५ दशमलव पाँच हेक्टर र सिदिङ्वा गाउँपालिका—१ स्थित तिम्बुङ पोखरी क्षेत्रमा होमस्टे तथा आवास निर्माण गर्न दुई हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वनकार्यालयले जनाएको छ । वन अतिक्रमण रोक्न र थप अतिक्रमण हुनबाट बचाउन कार्यालयले सामुदायिक वन उपभोक्ता समूहलाई परिचालन गर्ने योजना बनाएको त्यहाँका निमित्त प्रमुख साहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार
चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव
जेठ १०, २०८१ बिहिबार
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
जेठ १०, २०८१ बिहिबार