पाटन दरबार क्षेत्रमा ढल प्रणालीसँगै अन्य पूर्वाधारहरू निर्माणको कार्य अन्तिम चरणमा
नेपालबहस संवाददाता
असोज २१, २०८० आइतबार १८:३४:१०
२१ असोज, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माण कार्यसँगसँगै विद्युतका केबल भूमिगत गर्ने र टेलिफोनका तार भूमिगत गर्न डक्टहरू विच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।
ऐतिहासिक सम्पदा क्षेत्रमा ढल प्रणाली व्यवस्थापनका लागि नेपाल सरकारको लगानी (एसियाली विकास बैंक (ADB) को ऋण सहयोग) र ललितपुर महानगरपालिकाको लगानीबाट पाटन दरबार क्षेत्र तथा आसपासका क्षेत्रमा युनेस्कोको मापदण्डमा रहेर ढल प्रणालीको निर्माण कार्य हुँदै आएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (PID) अन्तर्गतको काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन परियोजना (KVWMP) बाट ढल प्रणाली निर्माण भएबाट यस वर्षको वर्षायाममा ठूलो पानी पर्दा समेत पाटन दरबार स्क्वायर क्षेत्रका सडक जलमग्न भएनन् भने ढल तथा मङ्गालमा जाम हुने समस्या समेत समाधान भएको छ ।
पाटन दरबार स्क्वायर क्षेत्रमा निर्माण गरिएको ढल प्रणालीका बारेमा जानकारी लिन नेपाल भ्रमणमा रहेको एसियाली विकास बैंक (ADB) का कार्यकारी निर्देशक च्यान्टेल वाङ नेतृत्वको टोलीले यही असोज २० गते पाटन दरबार क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।
त्यस अवसरमा आयोजना कार्यान्वयन निर्देशनालय (PID का आयोजना निर्देशक राजेन्द्र सापकोटाले पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माणको कार्यसँगसँगै विद्युत तथा टेलिफोनका लाइन भूमिगत गर्ने कार्य समेत सम्बन्धित निकायहरूबाट हुँदै आएको जानकारी दिए ।
पाटन दरबार क्षेत्रमा नमूनाका रूपमा गरिएको ढल व्यवस्थापन कार्यबाट सम्पदा क्षेत्रमा कार्य गर्ने राम्रो अनुभव हासिल भएको उल्लेख गर्दै आयोजना निर्देशक सापकोटाले काठमाडौं र भक्तपुरका विभिन्न स्थानीय तहहरूबाट पनि सम्पदा क्षेत्रहरूमा ढल प्रणाली निर्माणको माग आएको जानकारी दिए।
स्थलगत अवलोकनमा ADB को संचालक समितिका कार्यकारी निर्देशक तथा बैकल्पिक कार्यकारी निर्देशकहरू, ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिव, , PID का आयोजना निर्देशक, आयोजना उपनिर्देशक र आयोजना प्रवन्धक तथा स्थानीय वासिन्दाहरूको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा जनजाति सङ्ग्रहालय अधुरै
जेठ ३, २०८१ बिहिबार
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार