तनहुँमा आयुर्वेदप्रति बढ्दो आकर्षण : एक वर्षमा १९ हजार लाभान्वित
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार ११:२७:४
२६ असोज, दमौली 'तनहुँ' । तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद कार्यालयले प्रदान गर्ने सेवाका कारण सर्वसाधारणको यसतर्फ आकर्षण बढेको हो ।
एक वर्षको अवधिमा जिल्ला आयुर्वेद केन्द्रबाट १९ हजार दुई सय १७ जनाले सेवा लिएको वरिष्ठ कविराज शम्भु चापागाईले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष केन्द्रबाट १३ हजार चार सय ९९ ले सेवा लिएका थिए । यस वर्ष सेवा लिनेको सङ्ख्या पाँच हजार सात सय १८ ले बढेको उनले बताए ।
कविराज चापागाईका अनुसार साउन महिनामा एक हजार एक सय एक, भदौमा पाँच सय ९५, असोजमा नौ सय ९९, कात्तिकमा पाँच सय ७९, मंसिरमा एक हजार एक सय ६३, पुसमा एक हजार पाँच सय ६७, माघमा एक हजार आठ सय ९३, फागुनमा एक हजार नौ सय ३७, चैतमा एक हजार पाँच सय १३, वैशाखमा दुई हजार छ सय ९८, जेठमा तीन हजार चार सय ३५ र असारमा एक हजार सात सय ३६ जनाले सेवा लिएका छन् ।
जल्लाभरका आयुर्वेद स्वास्थ्य केन्द्र, नागरिक आरोग्य सेवा केन्द्र लगायतबाट सेवा लिनेको सङ्ख्या भने ७० हजार दुई सय ६१ रहेको छ । जामुने आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार सात सय ९८, शिशाघाट आयुर्वेद स्वास्थ्य केन्द्रबाट तीन हजार तीन सय सात, केशवटार आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार नौ, भानु आयुर्वेद स्वास्थ्य केन्द्रबाट तीन हजार एक सय ३८, टुहुरेपसल आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार चार सय ७२, भिमाद आयुर्वेद स्वास्थ्य केन्द्रबाट चार हजार चार सय ९७ जनाले सेवा लिएका छन् ।
यसैगरी, खैरेनीटार आयुर्वेद स्वास्थ्य केन्द्रबाट चार हजार सात सय ९९, रिस्ती आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार तीन सय ७३, बन्दीपुर आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार नौ सय १७, भिरकोट आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक हजार पाँच सय २८ र रुपाकोट आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक हजार नौ सय ७३ ले सेवा लिएको जनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सञ्चालन गरेको नागरिक आरोग्य सेवा केन्द्रबाट चार हजार चार सय ४१ ले सेवा लिएको चापागाईले जानकारी दिए ।
आयुर्वेंद कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक आयुर्वेद सहायक 'कविराज', दुई वैद्य, एक लेखापाल, दुई कार्यालय सहयोगी, एक ल्याव टेक्निसियन कर्मचारी कार्यरत छन् । कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको छ । पाइल्स, फिस्टुला, फिसरजस्ता रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको छ । गत वर्ष एक हजार दुई सय ५३ ले पञ्चकर्मा सेवा लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
जेठ १२, २०८१ शनिबार
निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल
जेठ ११, २०८१ शुक्रबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
संसदीय समिति गठन गर्दा गृहमन्त्रीको नाम राख्नैपर्ने कांग्रेसको अडान कायमै
जेठ १३, २०८१ आइतबार
बागमतीमा दैनिक २० भन्दा बढी सवारी दुर्घटना
जेठ १३, २०८१ आइतबार
सिक्किमका राईलाई ‘द पोएट आइडल’को उपाधि
जेठ १३, २०८१ आइतबार
संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीको सक्रियता, कांग्रेस सभापति देउवासँग छलफल
जेठ १३, २०८१ आइतबार
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
जेठ १३, २०८१ आइतबार
भारतको राजकोटस्थित गेम जोनमा भीषण आगलागी, १२ बालबालिकासहित २७ जनाको मृत्यु
जेठ १३, २०८१ आइतबार