चिकित्सकलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १३:२७:४७
२६ असोज, मकवानपुर । हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई रू दुई लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही रू दुई लाखका दरले धरौटी माग गरेको थियो ।
अदालतले माग गरेको धरौटी बुझाएर छ जना बुधबार नै तारेखमा छुटेका जिल्ला अदालत मकवानपुरले जनाएको छ । हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकलाई भदौ २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा थप एकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका–१२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौँडा–१० बाट पक्राउ गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार
कैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै
जेठ ११, २०८१ शुक्रबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
कार्यदलको बैठकमा सहमति नभएपछि बालुवाटारमा शीर्ष नेताहरुको छलफल
जेठ १२, २०८१ शनिबार
बालेनको एक्सन : भौतिक पूर्वाधारमन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहार !
जेठ १२, २०८१ शनिबार
कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम
जेठ १२, २०८१ शनिबार
हत्या गरेको अभियोगमा भोजपुर र पर्साबाट दुई जना पक्राउ
जेठ १२, २०८१ शनिबार
तिनाउ नदीमा डुबेर आज एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार