मानसिक रोगीको उपचार गर्न थप शय्याको व्यवस्था
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १३:५७:६
२६ असोज, मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मानसिक रोगीको उपचार गर्न २५ शय्या सञ्चालनमा ल्याइएको छ । बिहीबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मनोचिकित्सा वार्डको उद्घाटन गरेको हो ।
कार्यक्रममा मन्त्री जोशीले यस अस्पताललाई प्रदेशकै उत्कृष्ट बनाउने गरी काम गरिरहेको बताए । मानसिक स्वास्थ्यका कारण आत्महत्या धेरै बढेकाले यसको न्यूनीकरणका लागि उपचार सेवा थप गर्नुपरेको उनको भनाइ थियो ।
प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशीले हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्यको उपचार थप भएसँगै अब अरु सेवा पनि थप गर्ने योजनाका साथ काम भइरहेको जानकारी दिए । अब महँगो खर्चमा हेटौँडाका निजी मेडिकलमा मानसिक रोग लागेका बिरामीको उपचार गर्नुपर्ने समस्या हटेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले बताए ।
“पहिलेदेखि नै वहिरङ्ग सेवा ९ओपिडी०मा आएका मानसिक समस्या भएका बिरामीको उपचार गरिँदै आइएको थियो”, उनले भने, “मनोचिकित्सा वार्ड सञ्चालनमा आएसँगै अब भर्ना गरेर उपचार गर्न सहज हुनेछ ।” प्रसाईँका अनुसार अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइको हो ।
गत असारदेखि अस्पतालमा एकजना मनोरोग विशेषज्ञ नियुक्त भई ओपिडीमार्फत सेवा प्रवाह गरिएकामा अहिले सेवा विस्तार गरी आकस्मिक तथा भर्ना सेवासमेत सञ्चालन गरिएको उहाँले जानकारी दिए । उनका अनुसार थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ ।
वार्ड सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिबाट रू पाँच लाख खर्च गर्ने योजनाअनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईँले बताउनुभयो । आगामी आवदेखि अस्पतालमा तीन जना मनोचिकित्सक नियुक्त गरी मकवानपुरका विभिन्न पालिकामा शिविरका रूपमा मनोचिकित्सा सेवा प्रवाह गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौँडामा रहेका मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुनःस्थापना केन्द्र स्थापनाको तयारीसमेत भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार