गैरीगाउँको सामुहिक हत्या मुद्दाका प्रतिवादी संजय भण्डारी पुर्पक्षका लागि जेल चलान
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १६:४९:८
२६ असोज, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य काठ मिलमा भएको ४ जनाको बीभत्स हत्याका अभियुक्त संजय भण्डारीलाई जिल्ला अदालत काठमाडौंले मुद्दा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।
न्यायाधीश दिनबन्धु बरालको इजलासले भण्डारीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएको हो । मुद्दामा भण्डारी एकै जनालाई प्रतविादी बनाइ जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं बिहीबार मुद्दा दायर गराएको थियो ।
शुक्रबार भएको थुनछेक बहसपछि उनलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म जेलमा राख्न आदेश भएको हो । आदेशसँगै उनलाई प्रहरीले केन्द्रीय कारागार सुन्धरामा पठाएको छ । ह्रबीसे नगरपालिका ९ का बासिन्दा जन्मजात बोल्न नसक्ने अवस्थाका २३ वर्षीय भण्डारीले गत भदौ २८ गते राति तीनकुनेस्थित दिव्य काठ मिलमा रहेका २ पुरुष र २ महिलालाई खुकुरी प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको खुलेको थियो ।
उनलाई भदौ ३१ मा बाह्रबिसेबाट पक्राउ गरिएको थियो । मोटर साइकलले ठक्कर दिई उल्टै कुटपिट समेत गरेको रिसिइबीमा उनले मिलमा कार्यरत मोरङको बेलबारी नगरपालिका–२ का १९ वर्षीय नवीन राईको हत्याका क्रममा सूचना बाहिर पुग्ने भएकाले सोही मिलमा कार्यरत पाले दोलखा कालिञ्चोक गाउँपालिका–८ का पूर्णबहादुर भुजेल, उनका श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या गरेका बयान प्रहरीलाई दिएको अभियोगपत्रमा उल्लेख छ ।
बयानका क्रममा उनले सामाजिक विभेद गरेकाे घटना अन्य ९ ठाउँमा मान्छे मारेकाे बताएकाे पत्रमा उल्लेख छ । वकिलकाे कार्यालयले भण्डारीलाई बाँचुञ्जेल जेलमा राख्नुपर्ने माग गरेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार