ओलीलाई धन्यवाद दिन बालकोट पुगे मुख्यमन्त्री कार्की
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १२:२३:४०
२८ आसोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की आइतबार बिहान ओली निवास बालकोट पुगेका हुन् ।
आइतबार बिहान भक्तपुरको बालकोटस्थित निवासमै पुगेर उनले ओलीसित भेट गरेका थिए । भेटमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सहभागी थिए । उनले आचार्यलाई साथ लिएर गएका थिए । त्यस क्रममा कार्कीले सहयोगका लागि ओलीलाई धन्यवाद दिए । राम्रो काम गर्न ओलीले कार्कीलाई आग्रह गरेको आचार्यले जानकारी दिए ।
आचार्यले भने, ‘हामी जामका कारण ढिला गरी बालकोट पुग्यौँ । ओलीजीलाई निस्कन हतार भएकाले लामो कुराकानी भएन । केदारजीले सहयोगका लागि धन्यवाद दिनुभयो, ओलीजीले यो राजनीति हो, राम्रो काम गर्नू भन्नुभयो ।’
सत्ता गठबन्धनको निर्णयलाई चुनौती दिँदै नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षीय आठ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री कार्कीले शनिबार नेता कोइरालासित भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँग पनि कार्कीले समय मागेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार