हल गोरु पाल्ने किसानलाई चार हजार अनुदान
नेपालबहस संवाददाता
कात्तिक ३, २०८० शुक्रबार १४:३:५७
३ कात्तिक, दमौली 'तनहुँ' । तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो ।
पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही रू चार हजारका दरले रकम वितरण गरेको पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । उनका अनुसार सबै वडाका गरी तीन सय ६७ कृषकलाई रू १४ लाख ६८ हजार रकम वितरण गरिएको छ ।
वडा नं १ का एक सय चारलाई रू चार लाख १६ हजार, वडा नं २ का २९ लाई रू एक लाख १६ हजार, ३ का नौ जनालाई रू ३६ हजार, ४ का ४२ लाई रू एक लाख ६८ हजार, ५ का ५३ जनालाई रू दुई लाख १२ हजार, ६ नं वडाका ७१ लाई रू दुई लाख ८४ हजार र ७ नंका ५९ लाई रू दुई लाख ३६ हजार वितरण गरिएको शाहले जानकारी दिए । उनले भने, “वडाबाट प्राप्त विवरणको आधारमा वडागत रूपमा लाभान्वित हुने कृषकका लागि दशैंमा रकम प्रदान गर्ने योजना बमोजिम उक्त रकम वितरण गरिएको हो ।”
उक्त कार्यक्रम सञ्चालन गरिएपछि यसतर्फ किसानको आकर्षण बढेको शाहको भनाइ थियो । गत आवमा गाउँपालिकाले यही कार्यक्रमबापत रू १० लाख वितरण गरेको थियो । त्यतिबेला हल गोरु पाल्ने किसानको सङ्ख्या दुई सय ५० थियो । उनका अनुसार यो आवमा एक सय १७ किसान बढेका छन् ।
पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि पालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउन थालेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको उनको भनाइ थियो ।
“गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि पनि यो कार्यक्रम ल्याइएको हो”, अध्यक्ष श्रेष्ठले भने, “प्रोत्साहन रकमले गोरु पाल्ने किसान अझै बढ्ने विश्वास गरेका छौँ । गोरु पाल्ने क्रम बढ्दा खेतबारी बाँझो रहँदैन ।” गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई आग्रह गरे
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार