करोडौँ लगानीमा निर्माण भएका चिस्यान गृहहरु प्रयोगविहीन
नेपालबहस संवाददाता
कात्तिक १०, २०८० शुक्रबार १३:२८:१९
१० कात्तिक, पर्वत । पर्वत जिल्लाभित्र करोडौँ रुपैयाँ लगानीमा निर्माण भएका चिस्यान गृहहरू प्रयोग विहीन भएका छन् । प्रयोग भएका कतिपय गृहहरु पनि आंशिक मात्रामा सञ्चालनमा रहेका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यान केन्द्रहरू कृषकले उत्पादन गरेका तरकारी, फलफूल तथा अनाज भण्डारण नगरी सिधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोग विहीन बनेका हुन् । कृषि ज्ञानकेन्द्र पर्वतका अनुसार हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठ वटा चिस्यान केन्द्र छन् ।
जिल्लाभित्र रहेको चिस्यान गृहको क्षमता करिब ६४ दशमलव पाँच मेट्रिकटन छ । तीमध्ये १० मेट्रिकटन क्षमताका भोक्सिङ, शालिजा र बनौँमा रहेका तीन वटा चिस्यान गृहमा फलफूल तरकारीको यामका बेलामात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिकटन क्षमता रहेको एक र कुर्घामा दुई दशमलव पाँच मेट्रिकटन क्षमता रहेका दुर्ई वटा चिस्यान केन्द्र मौसमअनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ ।
“हामी जसरी कोल्ड रुम बनाउन बजेटका लागि खट्छौँ, भनसुन गर्छौं, सोहीअनुसार सञ्चालनमा समेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन नसकेका हुन्” कृषि ज्ञानकेन्द्र, पर्वतका प्रमुख मनिता थापाले भनिन, “राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माणकार्यका जटिलता, प्राविधिक ज्ञान, सहुलित विद्युतलगायतका पक्षमा समेत यथोचित ध्यान दिनुपर्छ ।”
थापाले चिस्यान केन्द्र निर्माण गरे पनि कृषकले भण्डारण नगरी ठेक्कामै आफ्ना उत्पादन बेच्ने परिपाटी विकसित हुँदै गरेको र कृषि उपज टिप्ने, सङ्कलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञान उनीहरुमा नदेखिएको हुँदा फसल लामो समयका लागि स्टोर गर्न समस्या देखिएको बताए ।
त्यसैगरी पाँच वर्षअघि कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बाह्रबीसेमा निर्माण गरिएको कोल्डरुममा आलु भण्डारण हुँदै आएको छ । कटुवाचौपारीको कोल्डरुममा विगत चार वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषिउपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु भण्डारण सफल देखिएको सञ्चालक राजबाबु पिसीले जानकारी दिए । उनले आगामी दिनमा मासु स्टोर गर्न सकिने कोल्डरुम निर्माणको सोचमा आफू रहेको जानकारी दिए ।
त्यसैगरी पैयुँ गाउँपालिका–४ हातेमालो चोकमा चिस्यान गृह निर्माण सम्पन्न भएर पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । पैँयुको चिस्यान गृह निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, ललितपुरको रु ११ लाख र पैँयु गाउँपालिकाको रु ११ लाख लगानी रहेको छ । तर विद्युत जडान समस्याका कारण हालसम्म सञ्चालनमा आउन नसकेको पैँयु कृषि शाखाका नायब प्राविधिक सहायक सन्दीप तिवारीले जानकारी दिए।
“राज्य तथा व्यक्ति भौतिक संरचना निर्माणका क्रममा अहोरात्र खट्ने तर निर्माणपश्चात्को व्यवस्थापकीय पक्षमा उदासिन देखिने प्रवृत्तिका कारण चिस्यान गृह अपेक्षाअनुसार सफल हुन नसकेका हुन्”, स्थानीय कृषक सरोज खनालले भने, “सरकारले भौतिक संरचना निर्माणमा मात्र होइन दीर्घकालसम्म कोल्डरुम सञ्चालनमा समेत नीति नै बनाएर कृषक सँगसँगै हातेमालो गर्नुपर्छ । तबमात्र कृषकका लागि ल्याएका सुविधा सार्थक र कृषक केन्द्रित हुनेछन् ।”
कृषिउपज टिप्ने, अल्पकालीन भण्डारण गर्ने तथा ढुवानी गर्नेलगायतका विषयमा यथेष्ट ज्ञान, कोल्डरुमसम्बन्धी प्राविधिक ज्ञान र सहुलित विद्युत् उपलब्ध गराउने राज्यको नीति नबन्दासम्म लगानी परिणामुखी नहुने सरोकारवालाको भनाइ छ । दक्ष प्राविधिक तथा ज्ञान, विद्युतीकरण र सहुलियत विद्युत् उपलब्ध गराउने नीतिको अभावका कारण समस्या हुने गरेको सुन्तला कृषक उमाकान्त शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने
जेठ ४, २०८१ शुक्रबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार