बुटवल आम्दा अस्पताललाई स्तरोन्नति गरिने
नेपालबहस संवाददाता
कात्तिक १५, २०८० बुधबार १६:५१:४५
१५ कात्तिक, लुम्बिनी । सिद्धार्थ बाल तथा महिला अस्पताल, (आम्दा नेपाल) तीनसय शय्यामा स्तरोन्नति हुने भएको छ । अस्पतालको सेवा विस्तारका लागि हाल सञ्चालनमा रहेको एकसय शय्यालाई विस्तार गरी तीनसय शय्या स्तरोन्नति गरिने भएको हो ।
यसका लागि बिहीबार दुईसय शय्याको भवन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्ने जनाइएको छ । अस्पतालको २५औँ वार्षिकोत्सवको अवसरमा थप दुईसय शय्या भवन शिलान्यास तथा शैक्षिक कार्यक्रमको सुभारम्भ प्रधानमन्त्री प्रचण्डले गर्ने अस्पतालका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले हाल एक सय शय्याको क्षमतामा सञ्चालित अस्पतालमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी तीन सय शय्याको अस्पतालमा स्तरोन्नति गर्नका लागि गत जेठमा छ सदस्यीय टोलीले जापान भ्रमण गरेकामा अस्पताल भवन निर्माणको वातावरण बनेको बताए ।
अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि सञ्चालन हुने गरी नगरपालिकाबाट बजेट विनियोजित भएको नगरप्रमुख पाण्डेयले जानकारी दिए । अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको अस्पतालका मेसु राजेन्द्रप्रसाद बस्यालले बताए ।
तीन विषयमा ४०–४० जनाका दरले एक सय २० विद्यार्थीले यसवर्ष अध्ययन गर्न पाउने उनको भनाइ थियोे । साथै अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम रहेको मेसु बस्यालले बताए । कार्यक्रममा आम्दा नेपालका अध्यक्ष अनिलकुमार दास र मुख्य प्रशासक सुरेस रेग्मीले सरोकारवालाको सुझावअनुसार अस्पतालको सेवा थप गुणस्तरीय र सर्वसुलभ बनाउदै जाने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार