रथी पाण्डेको बढुवा विवादले रक्षामन्त्री खडका तनावमा
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १८:२:४६
२३ कात्तिक, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडका भूकम्प प्रभावितका लागि राहत सामग्री लिएर केही दिनदेखि जाजरकोटमा छन् । भूकम्प पीडितको उद्धारमा सरकारले प्रभावकारी भूमिका देखाएपनि राहत वितरणमा सर्वसाधारणको गुनासो बढेपछि उनी राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोट पुगेका हुन् । भुकम्प नआउँदै नेपाली सेनाको बढुवा तथा म्याद थप प्रकरणले पार्टीभित्र आलोचना बढेपछि रक्षामन्त्री खडका गत शुक्रबार राति भूकम्प गए यता पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्रमा राहत वितरणमा खटिएका हुन् ।
उनी सो क्षेत्रमा पुनःस्थापनाको काम सुरु नहुँदासम्म उतै रहने जनाइएको छ । सरकारले यतिबेला सम्पूर्ण शक्ति भूकम्पपीडितकाे उद्धार, राहत वितरण र पुनःस्थापनामा केन्द्रित गरेको बताउँदै उपप्रधानमन्त्री खड्काले संकटको समयमा साथ दिने सबैलाई धन्यवादसमेत दिएका थिए । ‘नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो । म आफैं पनि घाइतेको उद्धारदेखि उनीहरूको उपचार र राहत वितरणमा सक्रिय छु । सरकारले प्राथमिकताका साथ भूकम्पपीडितका लागि काम गरिरहेको छ’, उनले भनेका छन् । तर उनी त्यतिमात्रै कामले त्यता बसेका छैनन् । उनी मातहत रहेको नेपाली सेनाका उच्च अधिकृतहरूको बढुवा र म्याद थपमा उनको मौनतालाई लिएर प्रश्न उठेपछि त्यसलाई आलटाल गर्न पनि भूकम्प राम्रो बहानाबाजी भएको बताइएको छ ।
सेनाभित्र बढुवाको बेला सधैं शैक्षिक योग्यता, नागरिकता लगायतका विषयमा विवाद हुने गरेको छ । सैनिक अधिकारीहरूको बढुवाका बेला नागरिकता, जन्म मिति र शैक्षिक योग्यताको प्रमाणपत्रमाथि कैफियत देखाएर लफडा सिर्जना गर्ने परम्परा जस्तै बनेको छ ।
नेपाली सेनाले उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा सिफारिस गरेपछि उनको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक फरक जन्म मिति भएको विषय बाहिर आएपछि रक्षामन्त्री खड्कालाई असजिलो भएको थियो । सेनाले युद्ध कार्य विभागका महानिर्देशक उपरथी पाण्डेलाई रथीमा बढुवा सिफारिस गरी भावी प्रधानसेनापतिका रूपमा अघि सारेपछि यो विवाद सतहमा आएको थियो । खास गरी यामबहादुर अधिकारीको म्याद थपमा खडका मौन बसेपछि पार्टीभित्र उनको व्यापक विवाद भएको थियो । सो विवाद पछि प्रधानसेनापति प्रभुराम शर्माले पाण्डेलाई सिफारिस गरेका छन् । सेनाको सिफारिसमा सरकारले चाँडै नै निर्णय गर्नुपर्ने अवस्था छ । तर रक्षामन्त्री उतै बसेपछि ढिलाई भएको हो ।
पाण्डेको उमेर विवादलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रक्षा मन्त्रालयसँग पत्राचार गरी चासो राखेको छ । अख्तियारको चासो दिएपछि बढुवा गर्दा मन्त्री झन विवादमा पर्नसक्ने भन्दै उनी तर्केको स्रोतले जनाएको छ । उपरथी पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा जन्ममिति फरक परेको भन्दै बढुवा सिफारिसप्रति प्रश्न उठाइएको हो । पाण्डे २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनको नागरिकता प्रमाणपत्रमा जन्म मिति २३ मंसिर २०२३ उल्लेख छ । तर उनको शैक्षिक प्रमाणपत्रमा भने जन्म मिति १२ माघ २०२१ उल्लेख भएको विषय बाहिर आएपछि विवाद सुरु भएको हो ।
पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख भएको तर उनले नागरिकतामा जन्म मिति सच्याएर २०२३ मंसिर १३ गते बनाएको आरोप लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी : एमालेले आज नदिने, कांग्रेसले अवरोध गर्ने
बैशाख २१, २०८१ शुक्रबार
कस्तो छ आजको मौसम ?
बैशाख २१, २०८१ शुक्रबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार