आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन

नेपालबहस संवाददाता
कात्तिक २७, २०८० सोमबार ११:३७:१०
२७ कात्तिक, काठमाडौं । आज नेपालीहरुले मनाउने तिहारअन्तर्गत लक्ष्मीपूजा । यो दिन नेपाली साहित्यका लागि अर्काे महत्वपूर्ण चाड पनि हो । नेपाली साहित्यकाशका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको दिन ।
आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्याएको योगदानलाई स्मरण गर्दै आज ११४ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्षको नेपालका साथै भारतको दार्जिलिङ सिक्किम एवं नेपाली भाषीको बाहुल्य भएका क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिन्छ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँशी अर्थात् लक्ष्मीपूजाका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साहिंलो छोराका रुपमा काठमाडौको डिल्लीबजारमा भएको थियो । १० वर्षका उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको शुरुवात गरेका थिए ।
तत्कालीन राणा शासनमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डमा समेत परेका थिए । देवकोटाको कवितायात्राको पूर्वार्द्धकालीन कविता संग्रहहरूमा ‘भिखारी’ कविता संग्रहलाई, काव्य खण्डकाव्यहरूमा ‘मुनामदन’ खण्डकाव्यलाई र महाकाव्यहरूमा ‘शाकुन्तल’ महाकाव्यलाई प्रतिनिधिमूलक कृतिको रूपमा लिने गरिन्छ ।
उनको उत्तरार्द्धकालीन कविता यात्राका कविता संग्रहहरूमा ‘लक्ष्मी कविता संग्रह’, काव्य–खण्डकाव्यहरूमा ‘मायाविनी सर्सी’ खण्डकाव्य र महाकाव्यमा ‘प्रमिथस’ महाकाव्यलाई प्रतिनिधिमूलक कृति मान्ने गरिन्छ । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक पनि हो । देवकोटाका रचनामा मानवतावाद र प्रकृति प्रेम झल्कन्छ ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो । ‘पागल’ कविता देवकोटाको अर्को महान सिर्जना हो । जसमार्फत् आफूलाई पागल भन्नेहरूलाई उनले कविताबाटै जवाफ दिएका छन् ।
समकालीन समयमा देवकोटा यति चर्चित थिए कि, भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले त ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको छु’ भन्दै भारतका तत्कालीन चर्चित तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
चौध भाषा बुझ्ने देवकोटाले नौ भाषामा लेखेको कविता त शारदा मासिकमै छापिएको थियो । सन् १९५८ को अक्टुबरमा तत्कालीन सोभियत गणराज्य उज्बेकिस्तानको राजधानी तासकन्दमा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा देवकोटाले दिएको मन्तव्य उत्तिकै चर्चित बनेको थियो ।
विज्ञान विषयमा प्रमाणपत्र अध्ययन पूरा गरेपछि मानविकी सङ्कायमा सरेर अंग्रेजीमा स्नातकोत्तर अध्ययन गरेका देवकोटालाई चर्चित भने नेपाली साहित्यले गरायो । काठमाडौंमा त्यतिबेला मध्यम परिवारमा जन्मिएका लक्ष्मीप्रसाद देवकोटा लक्ष्मी पूजाको दिन नै जन्मिएकाले लक्ष्मीको प्रसादको रुप मानेर नाम नै लक्ष्मी प्रसाद राखिएको थियो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको शुरुवातकर्ता देवकोटा राण शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने भन्दै क्रान्ति गरेबापत पटक पटक जेल समेत परेका थिए । डा. केआई सिंह नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्दा देवकोटाले वर्तमानको त्रिभुवन विश्वविद्यालय स्थापना र भवन निर्माणका लागि कीर्तिपुरमा जग्गाको व्यवस्था मिलाएका थिए । विसं २०१६ मा शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराएको श्रेय पनि उनलाई जान्छ । सरकारले देवकोटा जन्मिएको काठमाडौं मैतिघरको घरलाई संग्रहालयको रुपमा विकास गराउन पुरानो घर भत्काएर निर्माण गराइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
‘बसन्त’का दुई कृति एकसाथ सार्वजनिक
असोज १४, २०८० आइतबार
आयोग उपाध्यक्ष श्रेष्ठ र यूएनडिपी नेपाल प्रतिनिधिबीच भेटवार्ता
भदौ २५, २०८० सोमबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार