सूर्यज्योति इन्स्योरेन्सले ल्यायो “सूर्यज्योति सहि प्लान“, नेपालकै पहिलो र एक मात्र प्रोडक्ट भएको दावी

नेपालबहस संवाददाता
मंसिर २, २०८० शनिबार १३:२४:५९
२ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले ‘‘जनताले लिन सक्ने परम्परागत पोलिसी भन्दा एकदमै इनोभेटिव र भिन्न विशेषतासहितको प्रोडक्ट “सूर्यज्योति सहि प्लान “ ल्याएकोमा सूर्यज्योति लाइफलाई धन्यवाद दिएका छन् । साथै उनले गरिबले पनि बीमा गर्न सक्ने तथा कम प्रिमियममा ठुलो बीमा गर्न मिल्ने योजना ल्याउन सफल भएकोमा आफू हर्षित भएको बताउँदै परम्परागत पोलिसी भन्दा सूर्य ज्योतिले ल्याएको यस भिन्न पोलिसीबाट आम जनता लाभान्वित हुनेमा आफू विश्वस्त भएको बताए ।
शुक्रबार सूर्यज्योति लाइफ इन्स्योरेन्सले काठमाडौंको लाजिम्पाटस्थित होटेल 'डुशिट प्रिन्सेस'मा आयोजना गरेको एक भव्य समारोहका बीच ’सूर्यज्योति सहि प्लान’ को विधिवत् उद्घाटन गर्दै अध्यक्ष सिलवालले उक्त कुरा बताएका हुन् । प्रमुख अतिथिका रुपमा बीमा प्रधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्त रुपमा सो प्रोडक्टको उद्घाटन गरेका थिए ।
यो योजना तयार गर्दादेखि अन्तिम स्विकृति लिई नेपाली बीमा बजारमा ल्याउँदासम्म मार्गनिर्देशन गर्नु हुने बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरण र स्वयं अध्यक्ष सूर्यप्रसाद सिलवाललाई सूर्यज्योति कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले धन्यवाद व्यक्त गर्नुका साथै नेपाली आम जनताले पनि लिन सक्ने यो योजना पस्कन पाउँदा खुशी व्यक्त गरेका थिए ।
नेपाली जीवन बीमा क्षेत्रमा एकदमै नयाँ सोचका साथ आम मानिसहरूको आवश्यकता र परिस्थितिलाई मध्यनजर गर्दै हालसम्मकै योजना भन्दा भिन्न , आकर्षक र उत्कृष्ट सेवासुविधाहरु भएको ’सहि प्लान’ पहिलो पटक सूर्यज्योतिले पस्केको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको तथ्याङ्क अनुसार प्रायः नेपालीहरूले आफ्नो आम्दानीको अनुपातमा निकै नै सानो रकम भएको बीमा खरिद गर्ने गरेका छन् । केही विपत्ति आईलागेपछि उक्त सानो रकमले आर्थिक भार व्यहोर्न पर्याप्त नहुने र परिवार नै आर्थिक संकटको चपेटामा पर्ने सम्भावना रहन्छ । यही कमीलाई पुरा गर्ने अठोटका साथ सूर्यज्योतिले ’सहि प्लान’ नामक बीमा योजना ल्याएको दावी गरेको छ ।
उक्त योजनामा थोरै प्रिमियममा ठुलो बीमा लिन सकिने, ७० बर्ष पुगे पश्चात् तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने ,आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रिमियमको ६ गुणा सम्मको रकम फिर्ता हुने विशेषताहरुका साथै ऐच्छिक सुविधा अन्तर्गत सर्वाधिक ३५ घातक रोगहरू बिरुद्ध रु ५० लाखसम्मको पनि आर्थिक रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले उपस्थित सम्पूर्ण विशिष्ट व्यक्तित्वहरुको स्वागत गर्नुका साथै “आम जनजीवनमा आईपर्ने सक्ने आर्थिक भारको जोखिममा सहयोग दिन यो योजना एकदमै उत्तम हुनका साथै पहिलो र नवीनतम् बिशेषताहरुसहित आएको हुनाले पक्कै पनि हरेक नेपालीको रोजाईको रुपमा यो सहि प्लान हुनेमा आफु ढुक्क रहेको र ’हरेक घर , एक बीमा’ को रुपमा यो बीमा योजनालाई पुर्याउने लक्ष्य सूर्य ज्योतिको रहेको “ प्रस्ट पारेका थिए ।
“सहि सोचौ ,सहि रोजौं” भन्ने मूल नाराका साथ ल्याइएको यो सहि प्लानमा ७० बर्षको उमेर पश्चात् तिरेको सम्पूर्ण रकम फिर्ता हुने हुँदा आफूलाई बुढेसकालको सहारा हुने ,कम रकममा ठूलो बीमा गर्न मिल्ने र जोखिमको भार बहन पनि ठुलै हुने हुनाले आफ्नो परिवारमा आर्थिक समस्या आइपरे भविष्यमा आर्थिक भारको रक्षवरणमा सहज हुने हुनाले यदि पहिले बीमा लिइसकेको भए पनि यो सहि प्लान तपाईँको दोस्रो बीमाको रुपमा खरिद गर्नु निकै नै बुद्धिमानी हुने खत्रीले जानकारी गराए ।
उक्त कार्यक्रममा बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल लगाएत प्राधिकरणका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, निर्देशकहरु क्रमशः नन्द किशोर शर्मा, हेमन्त नहाटा, आकाश गोल्छा, चुडामणि देवकोटा र प्रिया तयाल उपस्थित रहेका थिए । उक्त कार्यक्रममा सञ्चारकर्मी एवं अन्य संघ संस्थाका विशिष्ट व्यक्तित्वहरु तथा कम्पनीका उच्च पदाधिकारिहरुको उपस्थिति रहेको थियो ।
सूर्यज्योति लाइफले समय सापेक्ष आफ्ना ग्राहकहरूको हित र सुविधालाई ध्यानमा राखी नवीनतम् र परिष्कृत सेवा पस्किँदै आइरहेको छ । कम्पनीले बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिँदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरू हासिल गरिसकेको छ । कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाखसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र कम्पनी बन्दै पहिलो आइ.एस.ओ ९००१ –२०१५ द्वारा विभूषित एकमात्र जीवन बीमा कम्पनी बन्न सफल पनि भएको छ ।
हाल कम्पनीको चालू पूँजी रु ४५४ करोड, लगानी रु ३४०० करोड ,जीवन बीमा कोष रु २९५० करोड, नेटवर्थ ६२२ करोड र जारी बीमालेख संख्या २२ लाख साथै देशैभरि फैलिएका १७६ शाखा संजाल र कम्पनीमा सक्रिय रुपमा आबद्ध करिब ९४ हजार अभिकर्तामार्फत कम्पनीले सेवा प्रवाह गर्दै आइरहेको जनाएकोे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न
मंसिर १८, २०८० सोमबार
नेशनल लाईफ इनस्योरेन्स र काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच सम्झौता
मंसिर ११, २०८० सोमबार
अन्तर्राष्ट्रिय अवार्डबाट नेपाल लाइफ सम्मानित
मंसिर ८, २०८० शुक्रबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
मंसिर १८, २०८० सोमबार
स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्वको छापा, करोडौंको अवैध कपडा गोदाममा सिल
मंसिर १८, २०८० सोमबार
नेत्रबिक्रम चन्दसहित चार नेताविरुद्ध पक्राउ पुर्जी जारी
मंसिर १८, २०८० सोमबार
सिरक गद्दामा ताक हाल्दै गरेका महिला
मंसिर १९, २०८० मंगलबार
कालीगण्डकी करिडोर : बागलुङ–हर्मिचौर खण्डको काम सुस्त
मंसिर १९, २०८० मंगलबार
न्यायाधीश माथेमा र शर्माको इजलासमा पर्यो टिकटक प्रतिबन्धविरुद्धको रिट
मंसिर १९, २०८० मंगलबार
जसपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण आजदेखि सुरु
मंसिर १९, २०८० मंगलबार
शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात
मंसिर १९, २०८० मंगलबार
तान्जानियामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो
मंसिर १९, २०८० मंगलबार