ओलीको बुझाइमा कोइराला समूह नै कांग्रेसको मुख्य धार
कुसुम सेञ्चुरी
मंसिर ७, २०८० बिहिबार १२:२०:३८
७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पछिल्लो समय पार्टी नेतृत्व र सरकारप्रति आक्रामक देखिएका छन् । कोशी विद्रोहपछि उनी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग केही साँठगाँठ छ कि भन्ने आशंका पनि नेपाली राजनीतिमा उब्जिएको छ । पार्टीको आगामी महाधिवेशनमा सभापतिको बलियो उम्मेदवारका रुपमा रहेका कोइराला आफ्नो माहोल बनाउन पनि पार्टी र सरकारप्रति कडा टिप्पणी गरिरहेका छन् ।
कोइरालाको पछिल्ला राजनीतिक गतिविधिलाई लिएर नेपाली कांग्रेसभन्दा पनि नेकपा एमालेले यसप्रति विशेष चासो देखाइरहेको छ । एमालेका अध्यक्ष केपी ओलीले पार्टी बैठकमा नै कांग्रेसको कोइराला पक्षलाई महत्व दिएर कांग्रेसको व्याख्या गर्न थालेका छन् । आफ्नो उद्देश्य प्राप्तिका लागि पनि ओली कोइराला पक्षसँग हिमचिम बढाउने प्रयत्नमा छन् । उनको उद्देश्य भनेको कोइरालालाई अगाडि बढाएर अहिलेको प्रचण्ड नेतृत्वको सरकार गिराउनेमा नै मुख्य देखिन्छ ।
नेपाली कांग्रेसका एकथरी नेताहरूले आफ्नो पार्टीको प्रभाव कमजोर हुँदै गएर अर्काको हात समाएर हिँड्नु परेकामा चिन्ता जनाइरहेका छन् । पार्टी नेतृत्वमा उच्च नैतिकता र आत्मविश्वासको अभाव भएकाले इतिहास बिर्सेर निर्वाचनमा समेत विपरीत विचारका दलसँग सहकार्य गर्नुपरेको उनीहरूको भनाई छ । कांग्रेसका यिनै नेताहरूको कमजोरी समाएर ओली कांग्रेसभित्र शेखर कोइराला पक्ष बलियो होस चाहिरहेका छन् । उनले यस गर्नुको खास उद्देश्य विस्तारै आउला । तर, हाललाई यो सरकारलाई विस्थापित गराउन यो मार्ग उचित हुने ओलीको विश्वास देखिन्छ ।
कोशी प्रदेशको सत्ता परिवर्तनमा नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चुकेको र पार्टीभित्रकै कोइराला समूहले नेकपा एमालेसँग समीकरण गरेर मुख्यमन्त्री पदमा आफ्नो पक्षको नेतालाई विजयी गराएको प्रसंगले कांग्रेसको राजनीति तताएको छ । प्रदेश सरकार गठन गर्दा आफूलाई उपेक्षा गरेको भनेर असन्तुष्टि जनाएपनि एमालेले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थनलाई निरन्तरता दिने बताएको छ ।
कोइराला समूहका भनी चिनिएका कार्कीलाई मुख्यमन्त्री पदको उम्मेदवार नै बनाउने कि नबनाउने भन्ने विषयमा सभापति शेरबहादुर देउवा र उनका सहयोगी स्पष्ट थिएनन् । उनीहरूको अलमल जसरी हुन्छ आफ्नै समूहको नेतालाई मुख्यमन्त्री बनाउन पाए हुन्थ्यो भन्ने उद्देश्यमा केन्द्रित रहेको बुझेपछि नेता कोइरालाले केदार कार्कीलाई अघि सारेर एमालेको सहयोग जुटाएका थिए ।
गएको शनिबार काठमाडौंस्थित एमाले मुख्यालयमा वर्गीय संगठनका नेताहरूको भेलामा अध्यक्ष केपी शर्मा ओलीले नेता शेखर कोइरालालाई नेपाली कांग्रेसको मुख्य धार भनेर चर्चा गरेका थिए । विश्वस्त सूत्रबाट थाहा भए अनुसार उनले माओवादीसँग सहकार्य गरिरहेको संघीय सरकारमा कांग्रेसको मुख्य धार नरहेको अर्थ्याउँदै कोइरालासँग मात्र पार्टीको सहकार्य रहेको भनेर बुझ्न नेता कार्यकर्ताहरूलाई सम्झाएका थिए ।
सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रभावमा पुरै परिसकेकोले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व हल न चलको अवस्थामा पुगेकाले नेता कोइराला नै कांग्रेसको मुख्य धार हुनसक्ने विश्वास आफूलाई लागेको भनेर अध्यक्ष ओलीले लामो चर्चा गरेका थिए ।
कोशी प्रदेशको सत्ता समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेस मोरङले स्थानीय निकायका पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिहरु र नेता कार्यकर्ताको सम्मेलन आयोजना गरेर नेता कोइरालालाई सम्बोधन गर्ने तारतम्य मिलाएको थियो । सम्मेलनमा नेता कोइरालाले भ्रष्टाचार र दण्डहीनता बढेकै कारण नेपाली जनतामा निराशा बढ्दै गएको बताए । विराटचोकमा बुधबार आयोजित १७ वटै पालिकाका ३ हजार ५ सय ५५ जना क्षेत्रीय प्रतिनिधिहरू सहभागी सम्मेलनमा नेताहरूले गणतन्त्रमाथि नै प्रश्न उठ्न थालेको भनेर चर्चा गरेका थिए ।
नेता कोइरालाले गणतन्त्र के लागि भनेर प्रश्न उब्जिएको बताए । उनले ‘देशमा राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक अराजकता बढ्दै गएको’ प्रसंग कोट्याउँदै, ‘दण्डहीनता र भ्रष्टाचार पनि मौलाएको र के का लागि र कसका लागि गणतन्त्र भनेर प्रश्न उब्जिएको’ भनेर प्रश्न उठाएका थिए । पार्टीको नेतृत्वप्रति संकेत गर्दै नेता कोइरालाले उच्च नैतिकता र आत्मविश्वासका साथ कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिए ।
युवाहरूको विदेश पलायनका कारण नेपाल बुढ्यौलीको देश बन्ने अवस्था देखिएकामा चिन्ता गर्दै पछिल्लो समय अध्ययनका लागि समेत विदेश जाने युवाहरू बढ्दै गएको चर्चा गरे । गत आर्थिक वर्ष अध्ययनकै लागि १ खर्ब ४२ अर्ब रुपैयाँ बाहिरिएको तथ्याङ्क प्रस्तुत गर्दै नेता कोइरालाले युवाहरूको विदेश मोह बढ्दै जानु चिन्ताको विषय भएको बताए ।
कांग्रेसका अर्का नेता महेश आचार्यले अहिले संसद संसदजस्तो र न्यायालय न्यायालयजस्तो नभएको टिप्पणी गरे । ‘अहिले के संसद संसदजस्तो छ ? न्यायालय न्यायालय जस्तो छ? वीपीले निर्माण गरेको कांग्रेस कांग्रेस जस्तो छ ?’ आचार्यले प्रश्न गरे, ‘गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आउनु कांग्रेस त्यति धेरै कमजोर र निरीह भएको हो ?’
अर्का नेता डा. मीनेन्द्र रिजालले कांग्रेसले आफ्नै योगदान बिर्सिएको चर्चा गर्दै कस्तुरीले आफ्नो वासना खोजे जसरी कांग्रेसले आफ्नो वासना खोज्दै हिँड्नु परेकोमा चिन्ता गरे । ‘कांग्रेसले देशको प्रजातान्त्रिक आन्दोलन र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, प्रसंग उल्लेख गर्दै रिजालले भने, ‘तर कांग्रेसले प्रजातन्त्र र देशका लागि गरेको योगदान जनतालाई बुझाउन सकिरहेका छैन ।’
नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पहिलो पटक आयोजित सम्मेलनलाई केन्द्रीय सदस्यहरू डा. डीला संग्रौला, अमृत अर्याल, भीम पराजुली, कोशी प्रदेश सभापति उद्धव थापा, उपसभापति रमेशजंग रायमाझी, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका उपसभापति नागेश कोइराला, सचिव ललित श्रेष्ठलगायतले कांग्रेसको एकतामा जोड दिएका थिए ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार