दिनेश ‘काजी’को संगीतमा ‘यो मन मेरो दोमन भो’ बजारमा
नेपालबहस संवाददाता
मंसिर ८, २०८० शुक्रबार १६:३९:५८
८ मंसिर, काठमाडौं । संगीतकार दिनेश ‘काजी’ बान्तावा संगीतबद्द ‘यो मन मेरो दोमन भो’ वोलको गीतको भिडियो सार्वजनिक भएको छ । किसन राई अफिसियलबाट सार्वजनिक गरिएको उक्त गीतलाई वरिष्ठ संचारकर्मी अमर धोज लामाले लेखेका छन् भने गीतको एरेन्ज, मिक्सिङ्ग एबं माष्टरिङ्ग देबेश राईले गरेका छन् ।
सेवा रेकर्डिङ्गमा रेकर्ड गरिएको उक्त गीतको म्यूजिक भिडियोमा चर्चित मोडल एलिसा राईले मुख्य कास्ट कलाकारको रुपमा अभिनय गरेका छन् भने कलाकारहरु निर्मल कुमार लामा 'बिजी', मन्जित वाईबा, अन्जन मोक्तान कान्छा र स्वयम् गायक किसन राई समेतले अभिनय गरेका छन् ।
डोल्मोको सौन्दर्यता र जीवनशैलीलाई मन पराउने भिन्न भिन्न उमेर समुहका युवाहरुको डोल्मोप्रतिको आकर्षणलाई भिडियोको बिषय बस्तु बनाइएको छ । भिडियो भित्रको कथाको अन्त्य भने अप्रत्यासित बनाइएको उक्त भिडियोलाई भिमफेदी गाईजका निर्मल कुमार लामा 'बिजी'ले निर्देशन गरेका छन् भने भिडियोको सिनेमाटोग्राफी, भिडियो सम्पादन तथा कलरिङ्ग पवन सुस्लिङ्गले गरेका छन् ।
संगीतकार दिनेश ‘काजी’ बान्तावाद्वारा संगीतबद्द ‘हुरुक्कै भए म’, ‘गर्मी भयो धरान’, ‘मेरो मुटु भन्छौ मलाई’, ‘मार्यो सुड्डोले’ आदि गीतहरु चर्चित छन् ।
यो मन मेरो दोमन भो..........
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
बजेट अभावमा जनजाति सङ्ग्रहालय अधुरै
जेठ ३, २०८१ बिहिबार