भ्याटले भान्सामा गाह्रो, न प्याज शुलभ, न आलु !
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार १८:५:१२
२२ मंसिर, काठमाडौं । भ्याटका कारण नेपाली बजारमा प्याज र आलु पाइन छोडे लगत्तै भारत सरकारले पनि प्याजको निर्यातमा पुनः प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो । यो संगै नेपाली बजारमा अब प्याजको मूल्य निकै बढेर जानेछ ।
भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्च ३१ सम्मका लागि प्याजको निर्यातमा रोक लगाएको हो । अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि महानिर्देशनलायको सूचनामा उल्लेख छ ।
पछिल्लो समय नेपाली बजारमा समेत प्याजको हाहाकार छ । आलु र प्याजको भ्याट विवादले होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि कार्यान्वयनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाएपछि कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका हुन् ।
आयातकर्ता नै हडतालमा उत्रिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा तीन दिनदेखि आलु र प्याज भित्रिएको छैन । समितिले पनि तीन दिनदेखि नै आलु–प्याजको मूल्यसूची अपडेट गरेको छैन ।
अक्टोबर ८ मा वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै भारतले प्याजको निर्यातमा न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेको थियो । भारतीय बजारमा प्याजको मूल्यमा उल्लेख्य बृद्धि भएको भन्दै स्थानीय बजारमा मूल्यबृद्धि रोक्न भारतले यस्तो निर्णय गरेको थियो ।
जसअनुसार १५ पुसबाट भारतले प्याज निर्यात रोक्ने छ । यस्तो निर्णयपछि अब २०८१ वैशाखसम्म भारतीय नीतिको असर नेपाली बजारमा पर्नेछ । प्याज निर्यातमा न्यूनतम मूल्य तोकिएलगत्तै नेपालमा प्याजको उपभोक्ता मूल्यमा बृद्धि भएको थियो । अब नेपाली बजारमा प्याजको अभाव झनै चुलिनेछ ।
यतिबेला काठमाडौँ उपत्यकामा सिजनमै आलुको अभाव देखिएको छ । सरकारले आलु र प्याजमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण व्यापारीले कारोबार ठप्प पारेपछि अभाव देखिएको हो । आलु र प्याजको आपूर्ति हुन नसक्दा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंसिर १९ गतेपछि दैनिक मूल्यसूचीमा आलुको मूल्यसमेत राखेको छैन । व्यापारीले नेपाली कृषि उत्पादनलाई भ्याट नलगाइने भनेर सरकारले आश्वासन मात्रै दिएको आरोप लगाएका छन् ।
अहिले बजारमा आलु र प्याजको आपूर्ति नभएकाले दैनिक मूल्य सूचीमा ती दुई वस्तुको मूल्य समावेश गर्न नसकिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘व्यापारीले आलु र प्याज नल्याएपछि हामीले दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य राख्न सकेका छैनौँ,’ उनले भने ।
आलु र प्याजको कारोबारमा अरूले रोक नलगाएर व्यवसायी आफैँले कारोबार बन्द गरेको नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघले जनाएको छ । आर्थिक वर्षको बजेट ल्याउँदा नै तरकारी छिटो बिग्रिने वस्तु भएकाले भ्याट बिलमा कारोबार गर्न समस्या हुने सरकारलाई जनकारी गराएको संघले जनाएको छ । स्वदेशी उत्पादनमा भ्याट बिल नलाग्ने भनिएको थियो तर पछिल्लो समय आन्तरिक राजस्व विभागका अनुगमन टोलीले नियमन गर्ने क्रम स्वदेशमा उत्पादन भएको आलु र प्याजको हकमा पनि भ्याट बिल खोज्न थालेपछि स्वतःस्फूर्त रूपमा किसान र व्यवसायीले संयुक्त रूपमा आलु र प्याजको आपूर्ति ठप्प गरेका हुन् ।’
सरकारसँग तरकारीमा लगाइने भ्याटको विषयमा पटक पटक समन्वय गर्दा नेपाली कृषि उपजमा भ्याट नगलाइने आयातितलाई मात्रै लगाइने भनिएको थियो । भारतीय कृषि उपजलाई निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगाइएको थियो । नेपाली उत्पादनलाई भ्याट नलाग्ने गरी नीति नै ल्याउने भनिएको थियो तर कार्यान्वयन भएन, आश्वासन मात्रै दिइया, व्यवसायीको गुनासो छ ।
सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीले बताएका छन् । आलु र प्याजमा लगाएको भ्याटको विरोध गर्दै व्यवसायीले बुधवार (२० गते) देखि आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेका छन् । आन्तरिक राजस्व विभागले स्वदेशमा उत्पादन भएर बजारमा जाने आलु र प्याजमा भ्याट लगाएकाले व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार बन्द गरेका हुन् ।
सरकारले आर्थिक विधेयक २०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याज (सुकेको बाहेक) मा १३ प्रतिशत भ्याट लगाएको थियो । त्यसको असर नेपाली उत्पादनमा परेको भन्दै व्यवसायीले आलु र व्याजको कारोबार ठप्प गरेका हुन् । अब भारतले पनि निर्यातको प्रतिबन्धको समय लम्ब्याएपछि प्याजको हाहाकार हुने निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्युरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र
बैशाख २१, २०८१ शुक्रबार
बुधबारदेखि ठोरी छोटी भन्सार पुनः सञ्चालनमा
बैशाख २०, २०८१ बिहिबार
बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
डोल्पाको तापिरिचा विद्यालय
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार