तराईमा घुमुवा खटाइने एआईजीको काज आदेश अलपत्र
नेपालबहस संवाददाता
मंसिर २४, २०८० आइतबार ११:३९:५६
२३ मंसिर, काठमाडौं । सशस्त्र प्रहरीका एआईजी चन्द्र प्रकाश गौतम 'सीपी'ले काजमा बसेका कर्मचारी २४ घन्टा भित्र खेद्ने आदेशले असफल भएको छ । संगठनल आवश्यकता अनुसार खटाएका व्यक्तिलाई हटाउन लागि प्रशासन विभाग प्रमुख हुनासाथ उनले काजका कर्मचारीमाथि २४ घण्टे लगाएर सम्बन्धित स्थानमा जान दिएको निर्देशन कसैले पनि कार्यान्वयन नगर्दा असफल भएको हो ।
प्रशासन विभागले काजका नाममा अत्यावश्यक क्षेत्रमा खटिएका कर्मचारीलाई सम्बन्धित दरबन्दीमा रवाना गर्न गत कात्तिक ३० गते ४८ घण्टाको समय सीमा तोकेर आदेश दिएका थिए । तर ४८ घण्टे आदेश कार्यान्वयन नभएपछि पुनः मंसिर ४ गते कुनै बहाना नबनाइ सबै काजका कर्मचारी फिर्ता गर्न २४ घण्टे उर्दि जारी गरेका थिए ।
यति गर्दा पनि एआईजी गौतमको आदेशलाई प्रहरी मुख्यालयमा मात्र होइन देशभरकै कुनै निकायले कार्यान्वयन गर्न अप्ठेरो भएको र अनावश्यक रुपमा काज नखटाइएको तथा इन्टेलिजेन्समा मात्रै काजमा खटाइएको जनाएर कार्यान्वयन गर्न नसक्ने जनाउ दिएका थिए । यो नगर्नुको कारण के हो भने सशस्त्र प्रहरीका विभिन्न युनिटमा सयौं कर्मचारीलाई आवश्यकता अनुसार काज खटाइएको छ ।
ती सबैलाइ दरबन्दी पठाउंदा दैनिक कामकाजनै ठप्प हुने अबस्था आउने भएकाले कार्यान्वयन हुन नसकेको हलचोक श्रोतले जानकारी दिएको छ । ‘प्रशासन विभागमा आउने बित्तिकै उनले आईजीपीलाई नै अप्ठेरो पार्ने गरी थाह नदिई काज फिर्ताको आदेश दिएका थिए, तर सयौ कर्मचारीलाई आवश्यकता अनुसार काजमा खटाउने र पठाउने गरिएकाले त्यो कार्यान्वयन नहुने विषय थियो’, स्रोतले भन्यो ।
अहिले त्यो आदेश पालना नहुने बुझी गौतमले फेरि केही दिन अघि नरम हुँदै सकेसम्म सम्बन्धित दरबन्दीमा पठाउन भनेका छ्न् , जबकी सकेसम्म भनेको झन् पालना नगरेपनी भयो । यो आदेशले उनी झन हलुुका हुन थालेका छन् । अहिले एआइजी गौतमले आफू मात्र काम गर्न सक्षम भएको सन्देश दिन खोज्दा उल्टो असफल र हाँसोको पात्र बनेका छन् । उनले कोही कसैलाई नछाड्ने भन्दै आफू निकट रहेका घुमुवालाई प्रदेश कार्यालयमा पठाउन थालेपछि उनको काज फिर्ता कार्यान्वयन हुन नसकेको स्रोतको दावी छ ।
त्यति मात्र होइन उनले सर्लाही बस्दा मातहत बेस बिओपिमा आउने मासिक रकम नदिएको मात्र होइन ती बेश बिओपी बाट उल्टो मासिक रकम उठाउने गरेको समेत बुझिएको छ । मासिक रकम नबुझाउने बेश बिओपिमा दुःख दिने मनसायले राती १२÷१ बजे पुगेर कर्मचारी भेला गर्दै कति बिदामा छ भनेर टाउको गन्ती गर्ने गरेको श्रोतको दाबी छ । उनको यही हर्कत काठमाडौंको बाहिनी बस्दा समेत रहेको थियो । जुनबेला उनी मध्यरात र बिहानै पिटि हाजिर लिन सिनामंगलको गण पुग्ने गरेका थिए ।
त्यसबेलाका गणपती एसपी विशेस्वर थापाले आफुले मासिक रकम नबुझाएपछि गौतमले दुःख दिएको बताउने गरेका थिए । त्यतिमात्र होइन करिब ४ बर्ष युएनमा खटिएका गौतमले संगठनलाई तिर्नु पर्ने पूरा लेबि समेत नतिरेको आरोप छ । उनले त्यसबेला हलचोकको युएन शाखामा बसेर स्याट परीक्षाको प्रश्नपत्र आउट गराएका इन्सपेक्टर नबराजबिक्रम कुंवर र कल्याणका इन्सपेक्टर सुदन गिरीसंग सेटिङ मिलाएर १ बर्ष मात्र युएन बसेको कागजपत्र बनाएको आरोप छ ।
उनी अहिले प्रशासन विभागमा बसेर अरुलाई आर्दश पात्रको स्वरुप देखाएको सशस्त्रकै एक अधिकारीले भने । ती अधिकारीका अनुसार अबको एक वर्षमा उनी अवकाशमा जाँदैछन् । अवकाशमा जानु अघि नै उनले प्रशासनबाट तराईका बिओपीमा मूख्यालयको अनुगमन भन्दै घुमुवा खटाएको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा
बैशाख ४, २०८१ मंगलबार
सशस्त्रको नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान
बैशाख ३, २०८१ सोमबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग
बैशाख १७, २०८१ सोमबार
परिवारबीचकाे झैझगडाले तीन वर्षीया बालिकाको हत्या, आमाछोरी पक्राउ
बैशाख १७, २०८१ सोमबार
घुम्ती गोठका भेडाका बथान
बैशाख १७, २०८१ सोमबार
दूधकोसी नदी किनारमा जिप खस्दा एक जनाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
गर्मी मौसममा दिनहुँ चिसो पेय पदार्थ पिउनुहुन्छ ? तुरुन्त बानी सुधार्नुहोस्
बैशाख १७, २०८१ सोमबार