पत्रकारसँग अर्थमन्त्रीको दाबी, अर्थतन्त्र चलायमान भयो
नेपालबहस संवाददाता
मंसिर २७, २०८० बुधबार १४:९:२३
२७ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक गतिविधि क्रमशः चलायमान भएको बताएका छन् । बुधबार देशको आर्थिक अवस्थाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पूँजीगत खर्चतर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी दिए ।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको उच्चस्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनाउँदै लगिएको समेत उनले बताए । मौद्रिक नीतिको समीक्षाबाट महत्वपूर्ण परिवर्तन भएको उनको दाबी छ । देशको वर्तमान आर्थिक अवस्था र परिणामहरू जानकारी गराउँदै मन्त्री महतले भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको उल्लेख गरेका छन् ।
वित्तीय क्षेत्रतर्फ मौद्रिक नीति मार्फत नीतिगत दर, बैंक दर र निक्षेप संकलनको बोलकबोल दर घटाएको र जसबाट ब्याजदर क्रमश घट्दै गएको उनको भनाइ छ । २०८० असोज मसान्तसम्म चालू खाता ५९ अर्ब ले बचतमा रहेको, ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड रहेको तथ्यांक पनि महतले पेश गरेका छन् ।
पत्रकार सम्मेलनमा अर्थतन्त्री महतले सरकारको पुँजीगत खर्च र राजस्वको संकलन गत वर्षभन्दा सुधार भएको दाबी गरे । पुँजीगत खर्च गत वर्ष भएको भन्दा ६ प्रतिशतले बढेको जनाए । २६ मंसिरसम्म सरकारले ३४ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ । गत वर्षको यही अवधिमा ३२ अर्ब ४३ करोड पुँजीगत खर्च भएको थियो । गत वर्षभन्दा यो अवधिमा भएको पुँजीगत खर्च ५ दशमलव ९ प्रतिशतले बढी हो ।
अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेको भन्दै उनले पत्रकार सम्मेलनमा भने, ‘कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, शेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनियम सञ्चितिमा परेको चापलाई समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले अर्थतन्त्र शिथिल अवस्थामा थियो, मन्त्री महतले भने ।
कर्जा प्रवाह विस्तार हुन नसकेको, ब्याजदर बढ्न गएको, उपभोग प्रभावित हुँदा र केही वस्तुको आयात प्रतिबन्धका कारण आयात घट्न गएकाले राजस्व संकलन कमजोर भई सार्वजनिक वित्त सन्तुलनमा चाप परेको थियो भने घरजग्गा र सेयर कारोबारमा ठूलो गिरावट आएको उनको भनाइ छ ।
आयोजनाको प्राथमिकीकरणको अभाव र सम्भावित दायित्वको आँकलन नगरी खरिद प्रक्रिया अगाडि बढाउँदा खर्च व्यवस्थापन चुनौतीपूर्ण रहेको अवस्थाबाट आफूले अर्थतन्त्रलाई माथि उकास्न लिएका नीतिहरु प्रभावकारी ढंगबाट कार्यन्वयन हुँदा नतिजा देखिन थालेको मन्त्री महतले बताए । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय गर्दै अघि बढ्दै आर्थिक क्रियाकलापहरु क्रमशः चलायमान भएको मन्त्री महतको भनाइ छ ।
घरजग्गा र सेयर कारोबार बढ्न सुरु भएको र सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ । यस्तै २०८० चैतसम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनर्संरचना गर्ने अवधि दिइएको र हाल घट्दो ब्याजदरले विविध कारणले बैंक ऋण तिर्न नसकेका व्यवसायीलाई राहत दिने मन्त्रालयको विश्वास छ ।
सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको पनि मन्त्री महतले बताए । अर्थतन्त्रको बाह्य क्षेत्रका परिसूचकहरु पनि अनुकूल अवस्थामा पुगेको मन्त्रालयको दाबी छ । विप्रेषणको आप्रवाह २०८० असोजसम्ममा ३० प्रतिशले बढेकोले बाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको मन्त्रालयको बुझाइ छ ।
चालु आर्थिक वर्षमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि भई २०२३ मा हालसम्म उच्च ९ लाख ५४ हजार पर्यटक पुग्नु अर्थतन्त्रको लागि सकारात्मक सूचक भएको मन्त्रालयले जनाएको छ । यस्तै चालु आर्थिक वर्षमा करिब ९०० मेगावाट जलविद्युत राष्ट्रिय प्रसारणमा जोडिने क्रममा रहेकोले थप सकारात्मक सञ्चार भएको मन्त्रालयको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार