कर्मचारी तोडफोडमा उत्रिएपछि बारा गोली चल्दा एकजना घाइते
नेपालबहस संवाददाता
मंसिर २७, २०८० बुधबार १६:४९:२६
२७ मंसिर बारा । आन्दोलनरत शिक्षक कर्मचारीले तोडफोड र आगजनी गर्न थालेपछि बाराको सिम्रौनगढ नगरपालिकामा गोली चलेको छ । नगरपालिकामा आन्दोलनरत शिक्षक कर्मचारीले सो नगरपालिकाका नगरप्रमुख चढ्ने गाडी तोडफोडपछि आगजनी गर्न लागेपछि प्रहरीले अश्रुग्याँससहित गोली प्रहार गरेको थियो ।
बुधवार प्रशासकीय अधिकृत महेश मिश्र नगर प्रमुखको गाडी चढेर कार्यालय जाने क्रममा आन्दोलनकारीले गाडीमा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारपछि आन्दोलनकारीहरूले गाडी जलाउने तथा नगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
उनका अनुसार गोली लागेर एक जना घाइते भएका छन् । उनलाई उपचार गर्न नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ । घाइतेको पहिचान भएको छैन । नगरपालिकामा ५ महिनादेखि नगर अस्पताल बन्द छ भने एक साता देखि सामुदायिक विद्यालयहरूमा पठन पाठन पनि ठप्प छ । सो नगरपालिकामा शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरू १४ महिनायता सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार