रजबासमा निः शुल्क स्वास्थ्य शिविर
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १२:१३:६
२९ मंसिर, धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजबासमा आयोजना गरिएको स्वास्थ्य शिविरमा पाँच सय ४६ जनाले सेवा लिएका छन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर दुई दिनसम्म चलेको थियो ।
शिविरमा जनरल मेडिकल, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नशारोग, नाक, कान, घाँटीरोग, आँखा परीक्षण तथा उपचार, दन्तरोग, इसिजी सेवा, एक्सरे, भिडियो एक्सरे सेवा, शल्यक्रिया सर्जरी सेवा, ल्याब सेवाको सुविधा दिएको थियो । आयोजकका अनुसार रजबास आसपासका नागरिकले प्रसूति तथा स्त्रीरोगका ५७, बालरोगका ४६, हाडजोर्नी तथा नशा रोगका एक सय ९५ जना, नाक, कान, घाँटी रोगका ५८ जना, आँखारोगका तीन सय ७४, दन्त रोगका ८१, इसिजी सेवामा ८८ जना, भिडियो एक्सरे सेवामा एक सय ९६ र शल्यक्र्रिया सर्जरी सेवामा ४४ जनाले सेवा लिएका थिए । यसमा अर्थोपेडिकका बिरामी नौजना, नाक, कान घाँटीका बिरामी सात, सर्जरीका २२ गरी ४१ जनाको थप उपचार आवश्यक रहेको आयोजकले जनाएका छन् ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशीका नागरिकको स्वास्थ्योपचारमा गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । रोशीका नागरिकको स्वास्थ्यमा ध्यान दिएर पाँच हजार आठ सय घरपरिवारमध्ये दुई हजार एक सय घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरेको र आगामी दिनमा त्यो सङ्ख्यालाई बढाउँदै लाने उनको भनाइ छ ।
ग्रामीण भेगका मानिसको स्वास्थ्योउपचारमा संलग्नता हुन पाएकामा खुसी लागेको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालका डा रोशन ओझाले बताए ।
स्वास्थ्योपचारका लागि टाढा पुग्नुपर्नेमा गाउँमा नै डाक्टरसहितको टोली आएर स्वास्थ्य सेवा दिएकामा स्थानीय कुमार किङरिङ मगरले खुसी व्यक्त गरे । “यसबाट स्वास्थ्यलाभ त भयो नै, आर्थिक पनि बचेको छ”, उनले भने । ग्रेस नेपाका अध्यक्ष राजकुमार थापाले गाउँका कुनाकन्दरामा रहेका नागरिकको स्वास्थ्योपचारमा पहुँच पुर्याउन गाउँको दूरदराजमा गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
जेठ ४, २०८१ शुक्रबार
लुबाट बच्न व्यापक जनचेतना जरुरी
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
दाङमा बस दुर्घटना हुँदा १० यात्रु घाइते
जेठ ४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा बालेन
जेठ ४, २०८१ शुक्रबार
पार्टी छोडेर गएका नेता कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आव्हान
जेठ ४, २०८१ शुक्रबार