शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकको सहयोग
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १५:४:४९
२ मंसिर, पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकले बिहिबार शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् ।
स्थानीय समाजसेवी तथा विद्यालयका पूर्व विद्यार्थी कमलकृष्ण ओझाको विशेष पहलमा सिङ्गापुरका नागरिकले विद्यालयका लागि शैक्षिक सामग्रीसहित विद्यार्थीका लागि स्टेसनरी वितरण गरेका हुन् ।
माइकल हु, एमएस अमान्डा टान, हु स्विट फार, वाइकाम हुवा, लिम, एमएस सुनिता शिवनन्थन, वि चुङलगायतले विद्यालयलाई सहयोग गरेका हुन् । उनीहरूले सिङ्गापुरकै विद्यालय बुकिट भ्यु विद्यालयले तयार पारेको शैक्षिक सामग्री पनि विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझालाई हस्तान्तरण गरेका थिए ।
उनीहरूले करिब १ लाख ५० हजार रुपियाँ बराबरको सामग्री विद्यालयलाई हस्तान्तरण गरे । माइकल हुले गत वर्ष पनि विद्यार्थीहरूका लागि शैक्षिक सामग्री उपलबध गराएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको सहयोगी विदेशी नागरिकहरूको सम्मानमा आयोजित कार्यक्रममा रूपा गाउँपालिका, वडा नं। २ का वडा अध्यक्ष राजन सुवेदीले केही समयअघि आफूले भ्रमण गरेको सिङ्गापुरको विकासको मोडलबाट सिकेर स्मार्ट भिलेजको अवधारणाअनुसार वडा नम्बर २ लाई विकास गर्ने कार्यमा अघि बढेको जानकारी दिए । शिक्षालाई प्राथमिकतामा राख्दै वडावासीको सुविधालाई ध्यानमा राखेर कार्य गरिरहेको सुवेदीको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले सरकारी निकायहरूको सहयोगमा विद्यालयलाई प्रविधिमैत्री बनाइएको जानकारी दिँदै गैरसरकारी संस्था र व्यक्तिको सहयोगमा थप विकास गरिएको बताए । विद्यार्थीको हितका लागि सहयोगले लिएर आउने जुनसुकै संस्था वा व्यक्तिलाई पनि विद्यालयले सधैँ उच्च सम्मान गरेको उनको भनाइ थियो ।
कार्यक्रमको संयोजन गरेका पूर्व विद्यार्थी कमलकृष्ण ओझाले आफू पढेको विद्यालयमा विदेशी नागरिकहरूलाई ल्याएर सहयोग गर्न पाउँदा निकै हर्ष लागेको भन्दै आगामी दिनमा पनि थप सहयोगको पहल गर्ने प्रतिबद्धता जनाए ।
सहयोगीहरूका तर्फबाट माइक हुले आफू विद्यालयका गतिविधिबाट निकै प्रभावित भएको बताए । उनले गत वर्ष पनि आफू आउने प्रयास गरे पनि कोभिडका कारण उपस्थित हुन नसके पनि सामग्री पठाएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
अङ्ग्रेजी विभागका प्रमुख बुद्धिराम विश्वकर्माको सञ्चालन तथा कक्षा १० की छात्रा कुसुम सुवेदीको स्वागतमा भएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार