सांसद: सधै हाटा, तलब भने आइरहने जागिर
नेपालबहस संवाददाता
पुस २, २०८० सोमबार २०:०:११
२ पुस, काठमाडौं । मंसिर ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन भएको एक वर्ष पुरा हुन्छ । एक वर्षको समयमा ९० प्रतिसत सांसदले बैठकमा पुरा समय दिएका छैनन् । हाजिर गरेर भाग्ने उनीहरूको चलन नै भइसक्यो । निर्वाचित भएर प्रतिनिधिसभामा पुगेपछि तलब बुझेर भाग्नुपर्छ भन्ने सोच सबै सांसदमा छ । कानुन बनाउने, बैठकमा पुरै समय बसेर नीति निर्माण गर्ने भन्ने कुरा त कथा नै भइसके ।
आफ्ना दुःख, पीडा र समस्या राख्न सर्वसाधारणले चुनेर पठाएका सांसदहरूलाई कसले र कसरी नियन्त्रण गर्ने भन्ने समस्या नै भइसकेको छ । सभामुख देवराज घिमिरेले पटक पटक कार्यव्यवस्थाको बैठकमा सांसदलाई नभाग्न र धरै सांसद भाग्ने गरेकाले कतिपय विधेयकहरु समयमा नै पारित गर्न नसकेको भनेर गुनासो पनि गरे । तर, कुकुरको पच्छर बाह्र वर्ष ढुंग्रोमा बाधेर राखेपनि उस्ताको उस्तै भने जस्तै सांसदहरुले एक कानले सुन्ने र अर्को कानले उडाउने गर्दे आएका छन् ।
संसद अधिवेशन अन्त्य भएपछि पनि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरुसंग बैठक राखेर समितिका काम चाडो सक्न निर्देशन दिए । तर, उनले निर्देशन दिएको भोली पल्टदेखि संसदीय समितिहरुले कोरम नपुगेर बोलाएको बैठक पनि स्थगित गर्नुपर्यो । अहिले संसदमा कुनै पनि समितिहरुले कोरम पुर्याउन नसकिरहेको अवस्था छ । संसद नै छाडेर कहाँ जान्छन् सांसद भन्ने कुरा यतिबेला सबैको चासोको विषय बनेको छ ।
समितिका बैठकमा गणपूरक संख्या नपुगेर बैठक बस्न नसकिरहेका बेला यति सांसदहरूको विदेश भ्रमण भने बाक्लिएको छ । सोमबार एकैपटक १७ सांसद चीन भ्रमणमा निस्किएका छन् । चिनियाँ जनकंग्रेसको निमन्त्रणा पुस ४ गतेदेखि १३ गतेसम्म चीनको राजधानी बेइजिङमा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन १७ सांसद सहित ३ कर्मचारी चीन पुगेका छन् ।
माओवादी संसदीय दलका नेता हितराज पाण्डेको नेतृत्वमा एयर चाइनाको विमानबाट सांसदहरूको टोली चाइना उडेको हुन् । चीन भ्रमणमा जाने टोलीमा सांसद पाण्डेको साथमा प्रतिनिधिसभाका सांसदहरू सरस्वती वजिमय, कुसुमदेवी थापा, युवराज शर्मा, दामोदर पौडेल वैरागी, मानवीर राई, रुकमणि राना बराइली, रामनाथ अधिकारी, नारायणी शर्मा, जगप्रसाद शर्मा, मेटमणि चौधरी, सन्तोष परियार, प्रकाश अधिकारी, ऐनबहादुर शाही रहेका छन् ।
यस्तै राष्ट्रियसभा सदस्यहरूमा भगवती न्यौपाने र जगप्रसाद शर्मा रहेका छन् । यता कर्मचारीतर्फ सङ्घीय संसद्का सचिव सुदर्शन खड्का, सभामुखका प्रेस विज्ञ शेखर अधिकारी र शाखा अधिकारी जीवनकुमार निरौला रहेका छन् । उनीहरू १० दिन चीनले गर्ने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । सांसदहरूको गणपूरक संख्या नपुग्दा पटक–पटक समितिको बैठक स्थगित भइरहेका छन् । कोहि सांसदहरू जिल्लातिर जाने र उतै कार्यक्रममा व्यस्त हुने गरिहेका छन् भने कोही विदेश भ्रमणमा जाने गरेका कारण समितिको बैठक राख्न कठिन भइरहेको छ ।
यसअघि धरै जसो एमालेका सांसद समृद्धिको यात्रामा भनेर विभिन्न जिल्लातिर गएका थिए । उनीहरु बैठक रोक्न आग्रह गर्दै हिँडेका हुन् । राज्य व्यवस्था समितिले मंसिर २७ गते प्रधानसेनापतिलाई फास्ट ट्रयाक र उमेर विवादको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको थियो । तर, धरै सांसदले बैठकमा आउन नपाउने भनेर बैठक नराख्न वा स्थगित गर्न सभापतिलाई आग्रह गरे ।
अहिले ससमितिमा गम्भीर खालका मुद्दाहरू थाँती छन् । २७ जनाको भएको समितिमा ७ जना सांसद पनि उपस्थित नभएको राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले बताए । कसको कहिले के पर्ने, कोही कता जाने गर्दा बैठक बसाल्न कोरम पुर्याउनै समस्या छ । उनले अब पनि कोरम पुगेन भनेर बैठक रोक्ने काम नगर्ने ४० प्रतिशत सांसद भएमा वा त्यो पनि नभए ३० प्रतिशत सांसदको उपस्थितिमा भए पनि बैठकलाई अगाडि बढाउने बताए ।
कतिपय समितिका सभापतिले बैठक समेत नबोलाउने गरको पाइएको छ । संसद बैठक चल्दा पनि धेरै जसो सांसदहरु हाजिर गरेर भाग्ने चलन छ । एमालेले संसद बैठक अवरुद्ध गरेका समयमा कोरम नपुगेर कतिपय विधेयकसमेत पारित हुन सकेका थिएनन् । सांसद भागेका कारण विधेयक पारित नभएका धेरै उदाहरणहरू यसअघि नै आइसकेका छन् ।
अहिले विभिन्न समितिमा संसद अधिवेशन सुरु भएपछि तत्काल पास गराउनुपर्ने विधेयहरु एक दर्जनभन्दा बढी छन् । समितिले काम नसकेसम्म संसद बैठकमा ति विधेयकहरुमाथि छलफल चलाउन सकिँदैन । तर, समितिमा भएका सांसदहरु नै बैठकमा जाँदैनन् । उनीहरू कहा गएका छन भन्ने कुरा समितिको सभापतिलाई समेत जानकारी हुँदैन । यस्तो लाजमर्दो अवस्था हुँदा पनि सांसद जिम्मेवार बन्न खोजेको देखिँदैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार