मंसिरसम्म बैंकहरुमा ६० खर्ब निक्षेप, ५० खर्ब कर्जा लगानी
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार १२:३६:५१
३ पुस, काठमाडौं । चालू आर्थिक वर्षको मंसिर सकिँदा बैंक तथा वित्तीय संस्थाहरूमा संकलित निक्षेप ६० खर्बभन्दा माथि पुगेको छ । यो अवधिमा बैंकहरुले ५० खर्ब हाहराहारीमा कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार समग्र बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब तीन अर्ब पुगेको छ । साउन यता निक्षेप निरन्तर बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ ।
आर्थिक मन्दीले लगानीका अन्य क्षेत्रहरू ठप्प हुँदा सर्वसाधारण निक्षपकर्ताको पैसा बैंकमा राखेर ब्याज खाने प्रवृत्ति बढ्दा निक्षेपको आकार बढेको हो । असार मसान्तमा ५७ खर्ब ७० अर्ब रहेको निक्षेप पाँच महिनामा दुई खर्ब ३३ अर्ब रूपैयाँले बढेको छ । यतिबेला अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक देखिएका छन् । आन्तरिक आर्थिक सूचकहरु भने दवावमै छन् ।
राष्ट्र बैंकका अनुसार कुल निक्षेपमध्ये वाणिज्य बैँकहरूसँग ५३ खर्ब १३ करोड रूपैयाँ रहेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ खर्ब ९१ अर्ब रूपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६० खर्ब नाघ्दा कर्जा लगानी ५० खर्ब नजिक पुगेको छ । हालसम्म बैंकिङ प्रणालीबाट ४९ खर्ब ९२ अर्ब रूपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये ४४ खर्ब १७ अर्ब रूपैयाँ कर्जा प्रवाह वाणिज्य बैंकहरूले मात्रै गरेका छन् ।
अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट ५ खर्ब ७५ अर्ब रूपैयाँ कर्जा लगानी भएको छ । बैंकहरूको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह सुस्त हुँदा कर्जा दिन सक्ने क्षमता उच्च रहेको राष्ट्र बैंकले जनाएको छ । हाल बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.३६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले अधिकतम ९० प्रतिशतसम्म मात्रै कर्जा निक्षेप अनुपात राख्न पाउने व्यवस्था छ । यस्तै बैंकहरूको अन्तरबैंक ब्याजदर २.६२ प्रतिशत रहेको छ ।
एक साताअघि राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत केही नीतिगत लचकता अपनाएपछि सेयरबजारलगायतका क्षेत्रमा चहलपहल बढेको छ । बैंकलाई ब्याजदर घटाउन सहजीकरण गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै नीतिगत दर १ प्रतिशत बिन्दुले घटाएको छ । राष्ट्र बैंकले नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ ।
यस्तै राष्ट्र बैंकले बैंकदर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र निक्षेप संकलन दर ४.५ बाट घटाएर ३ प्रतिशत कायम गरेको छ । नीतिगत दर घटाएसगै बैंकहरुले पनि ब्याजदर घटाएका छन् । प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर अन्तरबैंक ब्याजदर ३ प्रतिशतनजिक ल्याउन सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थायी निक्षेप सुविधामा हेरफेर, सवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ
जेठ ४, २०८१ शुक्रबार
भारतले अर्को चुनावी गर्मीको सामना गर्ने मौसम विभागको चेतावनी
जेठ ४, २०८१ शुक्रबार
भारतमा चट्याङ पर्दा १२ जनाको मृत्यु
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार