राष्ट्रियसभा एकलौटी बनाउने गठबन्धनको रणनीति, के गर्छ एमाले ?
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार १६:२७:४०
६ पुस, काठमाडौं । आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट सबै सीटमा एकलौटी गर्ने रणनीतिमा सत्तारुढ गठबन्धन लागेको छ । सत्तारुढ दलबीच गठबन्धन निश्चित जस्तै छ । यसो हुँदा सातै प्रदेशमा नेकपा एमाले हार्छ । मोटामोटी भागबन्डामा गठबन्धन लगिसकेको छ । सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली, कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी भागबण्डमा जुटिसकेका छन् ।
उनीहरुबीचमा ठूलै लफडा भएपनि अन्त्यमा एक भएर एमालेलाई यो निर्वाचनमा सीटबिहिन बनाउने योजना उनीहरूको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सीट छन् । यी २० सीटमै गठबन्धन हावी हुँदैछ । प्रत्यक्षतर्फ १९ सिटमा निर्वाचन हुन्छ । एउटा राष्ट्रपतिले मनोनित गर्ने सीट पनि एमालेले पाउँदैन । ठूला दलको हैसियतले नेपाली कांग्रेसले सबैभन्दा बढि सिट दाबी गरिरहेको छ । यो स्वाभाविक पनि छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेलाई साथ दिएपनि कोशीमा प्रदेश उ कमजोर नै छ । निर्वाचन हुने १९ सीटमध्ये १० सिटमा कांग्रेसको दाबी रहँदा माओवादी ५ सीट, नेकपा एसले तीन सिट र जसपा, जनमत र नाउपालाई १-१ सीटमा मिलाउने तयारी शीर्ष नेताको छ । सबै दलहरुलाई मिलाएर लैजाँदा कांग्रेस र माओवादीले एक सीट छोड्नुपर्ने अवस्था पनि आउन सक्ने नेताहरू बताउँछन् ।
बागमतीमा ४, कर्णाली, सुदूरपश्चिम र गण्डकीमा ३÷३, कोशी प्रदेशमा २, मधेस प्रदेशमा २, लुम्बिनी प्रदेशमा २ सिटमा निर्वाचन हुँदैछ । कांग्रेसबाट निर्वाचित भएका ४ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ । गठबन्धनमार्फत निर्वाचनमा सहभागी हुँदा सबैभन्दा बढि फाइदा कांग्रेसलाई हुनेछ । माओवादी केन्द्रबाट निर्वाचित भएका ३ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ ।
माओवादीले आसन्न निर्वाचनमा ५ सीट खोजेको छ । नेकपा एसबाट दुईं जना राष्ट्रियसभा सदस्यको पदावधि सकिन लागे पनि उसले ३ सीटमा दाबी गरिरहेको छ । जसपाबाट निर्वाचित एक र एक स्वतन्त्र निर्वाचित सांसदको पनि पदावधि सकिँदैछ । जसपाले रिक्त हुने एक सिटमा दाबी गर्ने निश्चित रहेको छ । जनमत र नाउपाले पनि राष्ट्रियसभामा १÷१ सीटको भाग खोजेका छन् ।
सत्तारुढ छ दलले गठबन्धन गरेर राष्ट्रियसभा निर्वाचनमा जाने तयारी गरेका छन् । एमाले भने अहिलेसम्म चुप छ । उसलाई पहिलेकै सिट जोगाउन मुस्किल छ । सत्ता गठबन्धनमा रहेका दलमा नाटकीय परिवर्तन नआएसम्म एमालेलाई यो राष्ट्रियसभा निर्वाचनमा एक सीट ल्याउन मुस्किल छ । यसअघि २०७८ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका थिए । कोशी प्रदेशमा एमालेका विजयी भएको थियो ।
एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी मिले पनि खास अर्थ छैन । बाग्मतीमा रास्वपाका स्थानीय प्रतिनिधि छैनन् । अन्य प्रदेशमा रास्वपा निल छ । राष्ट्रियसभा चुनावका लागि आयोगले नयाँ मतभार पनि तोकि सकेको छ । आयोगले प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नयाँ मतभार तोक्ने निर्णय गरेको हो ।
मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर कायम गर्ने प्रावधान छ । हालै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएकाले त्यस बमोजिम मतभार तोकिएको हो । उक्त प्रतिवेदनअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको छ । यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ थियो। यस्तै प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षको १८ थियो ।
७ वटै प्रदेशका ५५० सदस्यको २९ हजार १५० र ७५३ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको २८ हजार ६१४ गरी जम्मा मतभार ५७ हजार ७६४ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार