स्याङ्जाको गल्याङमा जन्मदर्ता गरे ५ हजार
नेपालबहस संवाददाता
पुस १४, २०८० शनिबार १५:३७:५१
प्रकाश डोटेल
१४ पुष, स्याङ्जा । स्याङ्जाको गल्याङ् नगरपालिका ६ पिडीखोलास्थित कुभिण्डेकी सन्ध्या वि.क. छोरीको जन्मदर्ता गरेपछि निकै खुसी छिन् । छोरीको जन्मदर्तापछि बुझाएको कागजातको आधारमा नगरपालिकाले छोरीको नाममा बैंक खोलेर ५ हजार रुपैयाँ जम्मा गरी दिएपछि उनी निकै खुसी भएकी हुन् ।
उनी निकै खुसी हुनुको कारण ५ हजार रुपैयाँ नगद मात्रै थिएन् । छोरी जन्मिएपछि समाजमा हेलाको भाबमा हेरिने विगतका दृष्टिकोणमा आउने परिवर्तन लिएर उनी निकै खुसी थिईन् । छोरी जन्मदै हेलाहोचो गर्ने हाम्रो समाज, त्यसमाथि गरिबीले थलिएका दलित परिवारमा जन्मने छोरीको जीवन असाध्य पिडादायी हुने उनको भोगाई र बुझाई दुबै छ ।
“दलित परिवारमा होस वा अन्य परिवारमा जन्मेका छोरीको हकमा हालसम्म नगरपालिकाले केहि गरेको थिएन् ।” रोजगारीको लागि ५ वर्ष साउदी बसेर फर्केका सन्ध्याका श्रीमान यामबहादुरले भने, “यो वर्षदेखि जन्मेका छोरीको जन्मदर्ता गरेपछि ५ हजार रुपैयाँ नगद बैंकमा जम्मा गर्दा ठूलो राहतको महशुस गरेका छौं ।” पालिकाले अझ अति विपन्न गरिबीको पहिचान गरेर पठनपाठनको व्यवस्था गर्नसके छोरीहरु थप सुरक्षित हुने उनको भनाई छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ देखि सुरक्षित मातृत्वलाई बढ्वा दिन छोरी सुरक्षा अन्तर्गत ‘नगरकी छोरी’ कार्यक्रम मार्फत छोरी जन्मेको ३५ दिनमा जन्मदर्ता गराएपछि बालिकाकै नामको बैंक खातामा ५ हजार जम्मा गरिदिने अभियान शुरु गरेको छ ।
छोरा जन्मदा खुसी र छोरी जन्मदा बेखुसी हुने समाजको परम्परालाई अन्त्य गर्न अभियान शुरु गरेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए । “छोरी जन्मदा बेखुसी मात्रै होईन्, जन्मनै नदिने (भ्रुण हत्या) गर्ने रुढीबादी सोचलाई कम गर्दै लैजान यो अभियान गरेका छौं ।” प्रमुख भट्टराईले भने, “कार्यक्रमलाई प्रभाबकारी बनाउँदै बजेटको व्यवस्थापन गर्न सके बढि रकम दिने योजनामा छौं ।”
चालु आर्थिक वर्षदेखि शुरु भएको ‘नगरकी छोरी’ कार्यक्रमका लागि ५ लाख रुयैयाँ बजेट विनियोजन गरिएको पालिकाले जनाएको छ । अनुमानित बजेटको तुलनामा छोरी जन्मिने संख्यामा बृद्धि भएमा कार्यपालिकाको बैठकबाट थप बजेटको व्यवस्थापन गर्ने गरी कार्यक्रम तय भएको हो । गल्याङ् नगरपालिकामा अघिल्लो वर्ष मात्रै १ सय २६ छोरीको जन्म भएको थियो ।
पालिकामा चालु वर्षको हालसम्म ८१ जना छोरीको जन्म भएपनि जन्मदर्ता गरेर ५ हजार रुपैयाँ पाउनेमा ११ जना छोरीको बैंक खाता खोलिएको छ । बाँकी छोरीहरूको जन्मदर्ता र खाता खोल्ने क्रममै छ । छोरीहरुले ५ हजार रुपैयाँ पाउने भएपछि ३५ दिनभित्र जन्मदर्तासँगै अन्य घटनादर्ता गराउने अभियानलाई समेत टेवा पुग्ने पालिकाले विश्वास गरेको छ ।
मातृत्व सुरक्षणमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले उप–प्रमुखको नेतृत्वमा सुत्केरी आमा भेटघाट कार्यक्रम संचालन गरेको छ । कार्यक्रम अन्तर्गत सुत्केरी आमा भेटघाटसँगै स्वास्थ्यकर्मीको सहयोगमा उनीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा, पोषिलो खानपान र शिशु स्याहारका उपायहरुका बारेमा जानकारी दिने गरिएको उप–प्रमुख हेमा न्यौपाने बताईन ।
स्थानीय सरकार बनेको झण्डै ७ वर्षपछि आफैले छोरी जन्माउँदा बल्ल सिहदरबारको अधिकार, घर–घरमा भन्ने अनुभूति गरेको गल्याङ् १ मालुङ्गाकी माया अधिकारीले बताईन् । पालिकाले छोरीलाई ५ हजार दिनु र सुत्केरी भेटघाट कार्यक्रमले महिलाहरु स्वास्थ्यप्रति सजग बन्दै गएको अधिकारीले सुनाईन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार