'जुनी भरीलाई'को साथमा आए लक्ष्मण पुन
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १४:१०:२३
१७ पुस, काठमाडौं । 'द भ्वाइस अफ नेपाल सिजन ३' का फाइनलिष्ट गोविन पुनले आफ्नो नयाँ सांगीतिक सौगात 'जुनी भरीलाई' सार्वजनिक गरेका छन्। युवा प्रेम र आकर्षणको भावनालाई समेटिएको यस गीतमा शब्द धर्मेन्द्र पुर्जाको रहेको छ भने संगीत स्वयम् गायक पुनको रहेको छ। गीतलाई कमल रानाले संगीत संयोजन गरेका हुन्।
जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मण पुन लुक्स र लक्ष्मी पुर्जा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। गोविन्द विष्टले छायाँकन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सले सम्पादन गरेका हुन्। मिंग्मा शेर्पाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो 'बेजिला फिल्म्स'को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
लामो समयदेखि कलाकारिता र निर्देशनमा सक्रिय लक्ष्मण पुन लक्स मिस्टर इन्टरनेशनल २०१० का विजेता समेत हुन्। स्वर्गीय आलोक नेम्वाङको निर्देशनमा ६ वटा भिडियोमा अभिनय गरेका पुनले चर्चित अभिनेत्री नम्रता श्रेष्ठ , दिया मास्के , विनिता बरालसंग सहकार्य गरिसकेका छन्।
नेपाली चलचित्र ‘डु यु लभ मी’ मा मुख्य भूमिकामा काम गरेका पुनले बिरेन्द्र हमालबाट अभिनयको प्रशिक्षण समेत लिएका थिए। थुप्रै चर्चित गायकहरुको भिडियोहरूमा अभिनय गरेका पुन अभिनयको अलावा भिडियो सम्पादन र निर्देशनमा समेत अब्बल छन्। यसअघि पुनको अभिनयमा रहेको 'अलि अलि' बोलको म्युजिक भिडियो दर्शक श्रोतामाझ लोकप्रिय छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
‘लो भोल्टेज’का कारण सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ
बैशाख १७, २०८१ सोमबार
कालीकोटमा आगलागीबाट चार वर्षमा १३ जनाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
बैशाख १७, २०८१ सोमबार
प्राकृतिक सौन्दर्यताको गहिराइ बोकेको फोक्सुण्डो ताल
बैशाख १७, २०८१ सोमबार
भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु
बैशाख १७, २०८१ सोमबार
अफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक
बैशाख १७, २०८१ सोमबार