गोदावरीको बेलपानी-फूलबस्तीमा विद्युत लाइन विस्तार
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १६:५३:४६
१७ पुस, अत्तरिया । कैलालीको गोदावरी नगरपालिका-४ को बेलपानी-फुलबस्तिमा ११ केभी विद्युत लाइन विस्तार गरिएको छ।
कैलालीको गोदावरी नगरपालिका–४ को विकट पहाडी बस्तीमा विद्युत विस्तार भएपछि स्थानीय हर्षित भएका छन्।
विद्युत पहुँचबाट टाढा रहेको वडाको पहाडी क्षेत्र विद्युत विस्तार हुन थालेपछि स्थानीय हर्षित भएका हुन्। फुलबस्ति, पटयानी, दामोदरे, तल्लो गैरी, मल्लो गैरीका स्थानीयले घरमा विद्युत जडान भएपछि निकै खुशी भएको बताए।
धनगढी वितरण केन्द्रका प्रमुख मिथलेश कुमार गुहिबर र मंगलबार गाउँबस्तीमा नै विकट बस्तीमा पुगेका गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले विद्युत स्विच अन गरेर सो क्षेत्रको विद्युतको शुभारम्भ गरेका छन्।
गोदावरी नगरपालिकाका मेयर भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्तीमा आफ्नो डेढ वर्षको कार्यकालमा विद्युत विस्तार गर्न सफल भएको बताए। ‘यो ठाउँ अध्यारोबाट उज्यालोमा आएको छ । हामी जनप्रतिनिधि भएर आएको डेढ वर्ष मात्रै भएको छ। छोटो समयमै विद्युत ल्याउन सफल भएका छौ,’ उनले भने, ‘हामीले जनताको पक्षमा काम गरेर सफल भएका छौ । विकासका कुरा विस्तारै हुने गर्दछ। हामीले संघ, प्रदेश सरकार संग समन्वय गरेर काम गरिरहेका छौं।’
उनले फूलबस्ति, पटयानी, तल्लो गैरी, मल्लो गैरीका २ सय परिवारको घरमा विद्युत पुगेकाले अब छिटै बेलपानीका परिवार बसोबास गर्ने फूलबस्तीमा विद्युत विस्तार गरिने बताए। उनले नगरका सबै ठाउँमा विद्युत विस्तार गर्नको लागि अझै १५(२० विद्युत पोल आवश्यक पर्ने बताए।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ को फूलबस्ति, पतकानीमा बाटोघाटो, बिजुली, खानेपानी, सुरक्षित स्वस्थ्य, सञ्चार सेवाबाट टाढा रहेको थियो।
गोदावरी नगरपालिका सुगम पालिका भएर पनि यस क्षेत्रका जनताले सहज रुपमा विद्युत सेवा उपभोग गर्न पाएका थिएनन्। ११ केभी विद्युत लाइन बिस्तार भएपछि सहज हुने वडा अध्यक्ष हेम प्रकाश मल्लले बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
आचारसंहिता उलंघन गरेका मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग
बैशाख १५, २०८१ शनिबार
इलाम २ मा खस्यो ५७ प्रतिशत मत, आजै गणना सुरु गर्ने तयारी
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
पहिलो टी २० मा नेपालसँग वेष्ट इण्डिज ४ विकेटले पराजित
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन देखाएर सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न मिल्दैनः कांग्रेस
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
बैशाख १५, २०८१ शनिबार